ट्रम्पको सिरियाबाट अमेरिकी सैनिक फर्काउने निर्णयको विरोध गर्दै रक्षामन्त्रीले दिए राजिनामा !

2018-12-21

अमेरिकी रक्षा मन्त्री जिम म्याटिसले राष्ट्रपति ड्रोनाल्ड ट्रम्पका सुरक्षा नीतिहरूको विरोध गर्दै राजीनामा दिएका छन् । पूर्व सैनिक जनरल म्याटिसले राष्ट्रपति ट्रम्पको सिरियाबाट अमेरिकी सैनिक फर्काउने निर्णयको विरोधमा राजीनामा दिएका हुन्।

राष्ट्रपति ट्रम्पले बुधबार सिरियाबाट सबै अमेरिकी सैनिक फर्काउने घोषणा गरेका थिए । त्यो घोषणामा रक्षामन्त्री म्याटिससँगै अरू धेरै ट्रम्पका सल्लाहाकारको असहमति थियो ।

बुधवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरिया र वरपर सक्रिय इस्लामिक स्टेट समूह आईएस् पराजित भएको भन्दै सिरियामा खटाइएका अमेरिकी फौजहरू फर्काउने घोषणा गरेका थिए ।

रक्षा मन्त्री म्याटिस राष्ट्रपति ट्रम्पलाई सो घोषणा फिर्ता लिन मनाउनका लागि बिहिबार ह्वाइट हाउस गएका थिए । ट्रम्पले सो घोषणा फिर्ता नलिने अडान राखेपछि उनले राजीनामा दिएका हुन् ।

राष्ट्रपति ट्रम्पले अन्तर्राष्ट्रिय मोर्चामा आफ्ना मित्रशक्तिहरूलाई सँगै लैजान नसकेको, आफ्ना रणनीतिक प्रतिश्पर्धीहरूलाई चिन्न नसकेको तथा अमेरिकाविरूद्ध काम गरिरहेका शक्तिहरूबारे स्पष्ट दृष्टिकोण राख्न नसकेको आरोप म्याटिसले लगाएका छन् ।

बिहिबार राष्ट्रपति ट्रम्पलाई दिएको राजीनामा पत्रमा उनले लेखेका छन्, ‘तपाईँका धारणासँग विचार मिल्ने रक्षा मन्त्री राख्ने तपाईँको अधिकार भएकाले मैले मेरो पदबाट राजीनामा दिनु उचित हुने ठानेको छु।’

आफ्नो राजीनामा पत्रमा जनरल म्याटिसले रसियाप्रति राष्ट्रपति ट्रम्पका सहानुभूतिसीलको पनि सांकेतिक विरोध गरेका छन् । ‘हाम्रो रणनीतिक स्वार्थसँग जुन मुलुकका गतिविधिहरू मिल्दैनन् । तिनीहरूविरूद्ध हामी कुनै द्विविधाबिना बलियोसँग उभिनुपर्छ,’ उनले भनेका छन, ‘यो प्रष्टै छ चीन र रसिया संसारलाई आफ्ना तानाशाही मोडल अनुसार ढाल्न चाहन्छन् ।’

अमेरिकी राष्ट्रपतिका नीतिहरूसँग असहमति जनाएर मन्त्रिमण्डलबाट राजीनामा दिने पछिल्लो चालिस वर्षमा म्याटिस दोस्रो व्यक्ति भएका छन्।

सन् १९८० मा इरानबाट अमेरिकी बन्दीहरू छुटाउने विषयमा असहमति राख्दै राष्ट्रपति जिमी कार्टरका विदेश मन्त्री साइरस भान्सले राजीनामा गरेका थिए ।

जनरल म्याटिस ट्रम्प प्रशासनबाट बाहिरिएसँगै राष्ट्रपति ट्रम्पसँग असहमति राख्नसक्ने र आफूलाई लागेको कुरा भन्नसक्ने महत्वपूर्ण क्याबिनेट मन्त्रीको बहिर्गमन भएको विश्लेशकहरूले टिप्पणी गरेका छन् ।

राष्ट्रपति ट्रम्पले आधुनिक अमेरिकी इतिहासमा कुनै पनि राष्ट्रपतिले भन्दा धेरै सैनिक जलरलहरूलाई आफ्नो प्रशासनमा राखेका थिए । उनले चार जना पूर्व सैनिक जनरलहरूलाई आफ्नो प्रशासनका महत्वपूर्ण स्थानमा राखेका थिए ।

म्याटिसको बहिर्गमनसँगै चारै जना पूर्व जनरल ह्वाइटहावसबाट बाहिरिसकेका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ