सरकारको कामको समिक्षा गर्दै नेकपा बैठक

2018-12-21

काठमाडौ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा प्रतिवेदनमाथिको छलफल चलिरहेको छ । भोलिसम्म सबै सदस्यहरुले बोल्ने क्रम सक्नेगरी बैठक आज पनि सुरु भएको छ ।

बिहान ८ बजेपछि पार्टी कार्यालयमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल जारी छ । हिजोसम्मको बैठकमा नेताहरूले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् ।

अध्यक्षओली र दाहाल निकटका नेताले पार्टी नेतृत्व र सरकारको बचाउ गरेका छन् भने बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल पक्षका नेताले विरोध गरेका छन् । पार्टी नेतृत्व र सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै संस्थापनइतर पक्षका नेताले चर्काे विरोध गरेका छन् ।

बैठकमा सरकारको कामको समिक्षा सहित नेताहरुको जीवनशैलीका विषयमा पनि छलफल भइरहेको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ