विधानमा सहमति जुट्न नसकेपछि कांग्रेस महासमिति बैठक लम्बियो !

2018-12-21

काठमाडौ - विधानको विवादका कारण नेपाली कांग्रेसको महासमिति बैठक अन्यौलमा परेको छ । मंगलबार सकिनुपर्ने बैठक आजसम्म पनि मुख्य मुद्दामा छलफलमा प्रवेश गरेको छैन ।

पार्टीलाई संघीय संरचनामा लैजान सोहीअनुरूपको विधान पारित गर्ने मूल एजेन्डासहित २९ मंसिरबाट सुरु भएको कांग्रेस महासमिति बैठक विधान नआउँदा बन्धक भएको हो ।महासमिति सुरु हुनुअघि नै विधानमा देखिएको गुटगत विवाद पूर्वनिर्धारित अन्तिम मिति सकिँदासम्म पनि सहमतितर्फ पुग्न नसक्दा जारी महासमिति विधानकै कारण बन्धक बन्न पुगेको हो ।

विधानमा सहमति जुट्न नसकेपछि महासमितिसमेत लम्बिएको छ ।कांग्रेसले तयार गरिरहेको पार्टीको संशोधित विधानमा पदाधिकारी संख्या मूल विवादका रूपमा रहँदै आएको छ ।

कांग्रेसभित्रको संस्थापन पक्षका दोस्रो तहका नेताहरूले मंगलबार राति भएको शीर्ष तहको सहमति नमान्ने बताएपछि विधानमा सहमतिमा पुग्न नेताहरूलाई झनै असहज हुँदै आएको छ ।

केन्द्रीय समिति बैठकमा शीर्ष तहमा भएको सहमति नमान्ने आवाज सभापति शेरबहादुर देउवानिकट समूहका दोस्रो तहका नेताहरूबाटै उठेपछि नेताहरू झनै अप्ठ्यारोमा परेका छन् ।

नेपाली काँग्रेसको जारी महासमिति बैठकमा विधान पेश हुन नसकेपछि महासमिति सदस्यहरु निराश बनेका छन् । महासमिति सदस्य रुद्र अधिकारीले आज सहमति गरेर आजै बैठक सक्नेगरि नेताहरुले आश्वासन दिएको जानकारी दिए ।

आज पनि बिहानैदेखि नेताहरु छलफलमा छन् ।तर महासमिति बैठक सुरु भइसकेको छैन ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ