आज दिनभर के-के भयो नेकपा बैठकमा ?

2018-12-18

काठमाडाैं - नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को स्थायी समिति बैठकमा आज बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गरेका छन् । आज बोल्ने नेताहरुमा भीम रावल, योगेश भट्टराई र टोपबहादुर रायमाझीले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको कडा आलोचना गरेका हुन् । नेता रावलले प्रधानमन्त्री ओलीले स्वेच्छचारी गरेको आरोप लगाए ।

हालै काठमाडौंमा सम्पन्न भएको एशिया प्यासिफिक समिटका कारण सरकारको शाख गिरेको पनि उनले आक्रोश पोखे । रावलले एसिया प्यासिफिक समिटले देशको शिर निहुर्याएको छ र यसमा प्रधानमन्त्रीले आत्माआलोचना गर्नुपर्ने धारणा राखे ।

रावलले त उक्त सम्मेलनमा सरकारको सहभागिताले शिर निहुरिएपनि बताए । उनले राष्ट्रियता, सांगठनिक एकीकरण र सरकारबारे छुट्टै एजेण्डा बनाएर छलफल गर्न माग गरेका छन् । रावलको भनाईमा अर्का सदस्य टोपबहादुर रायमाझीले पनि समर्थन गरेका थिए ।

अर्का सदस्य, योगेश भट्टराईले पनि ओलीको आलोचना गरे । उनले पूर्वएमालेको गुटबन्दीका कारण संगठनिक एकता अड्किएको टिप्पणी गरे । उनले पार्टीमा पछिल्लो समय दाउपेच, धोकाधडी भइरहेको र नेताहरुमा विश्वास नदेखिएको गुनासो पोखे ।

आज बोल्ने सत्यनारायण मण्डल र सोमनाथ प्यासीले पनि ओलीको आलोचना गरेका थिए । तर, अर्का सदस्य एवम् ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखेरलले भने ओलीको बचाउ गरेका थिए । उनले एउटा नेतामाथि समस्या थुपार्नुभन्दा सामूहिक बनाउनुपर्ने धारणा राखेका थिए । केशब बडालले पनि घुमाउरो शैलीमा ओलीको बचाउ गरेका थिए ।

अर्का सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता पृथ्वीसुब्बा गुरुङले मुलुकलाई राष्ट्रिय स्वाधिनताको दिशामा अगाडि बढाउन नेताहरुको ठूलो भूमिका रहेको नभुल्न आग्रह गरे । कार्यशैलीमा समस्या भए सुधार गर्दै जानुपर्नेमा गुरुङको जोड थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ