सिडी विजय अधिकारी बने ‘दि भ्वाइस अफ नेपाल’को विजेता

2018-12-15

काठमाडौं - सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को विजेता सिडी विजय अधिकारी भएका छन् । कतारको दोहामा १४ डिसेम्बरमा भएको ‘दि भ्वाइस अफ नेपाल’को ग्राण्ड फिनालेमा पुगेका चार जना मध्ये अन्य तीन जनालाई पछि पार्दै उनी विजेता बनेका हुन् । उनी टिम दिप श्रेष्ठबाट हुन् ।

शुक्रबार राति कतारको दोहामा भएको ग्राण्ड फिनालेमा अन्य तीन प्रतिस्पर्धिलाई पछि पार्दै अधिकारी सिङगिङ रियालिटी शो को पहिलो उपाधि जित्न सफल भए । दर्शकको भोटको आधारमा निर्णय भएको हो ।

नेपालमा पहिलो पटक ‘दि भ्वाइस अफ नेपाल’को टाइटलसँगै उनले २५ लाख रुपैयाँ नगद, ब्रान्ड न्यु कार, २० लाख बराबरको एल्बम कन्ट्रयाक र विश्व भ्रमणको अवसर पाएका छन् ।

फिनालेमा सनुप पौडेलको टिमबाट सप्तक दुतराज, टिम दीप श्रेष्ठबाट सिडी विजय अधिकारी, टिम प्रमोद खरेलबाट श्रिजे थपलिया र टिम अभया सुब्बाबाट कुशल आचार्य पुगेका थिए । सिडीलाई कोच दीप श्रेष्ठले ब्याटल राउण्डबाट स्टिल गरेर आफ्नो टिममा ल्याएका थिए ।

उत्कृष्ठ १६ जनाको टिम तयार भएपछि दर्शकले गरेको भोटका आधारमा पतिस्पर्धीको परफरमेन्सको निर्धारण हुँदै आएको थियो ।

‘दैव हे’ बोलको गीत मार्फत भ्वाइस अफ नेपालको यात्रामा प्रवेश गरेका विजयको नाम अघिको सी. डीको अर्थ बुवाको नाम चन्द्रकान्त र आमाको नाम दुर्गा हो । उनी योगेन्द्र उपाध्यायसँग ब्याटलराउण्डमा देखिएका थिए । टिम दीपका विजयले रेडियो नेपालको कार्यक्रममा पनि सफलता हात पारेका थिए ।

उनले ‘भिरमा उन्यु’ गीतबाट लाइभ राउण्डमा देखिएका थिए भने सेमी फाइनल राउण्डमा ‘मैले’ बोलको गित बाट आएका थिए । मदरल्याण्ड स्कुल पढेका अधिकारी हाल पृथ्वीनारायण क्याम्पसमा वि.वि.ए तेस्रो वर्षमा अध्ययनरत छन ।

उनी पी एन सी आइडल २०१० को विजेता पनि हुन् । खोजी प्रतिभा २ र प्रथम विग आइकन २०१० मा दोस्रो स्थान हात पारेका थिए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ