नेकपा स्थायी समितिको बैठक पहिलो पटक पार्टी कार्यालयमा

2018-12-14

काठमाडौं - नेकपा स्थायी समिति बैठक शनिबार (२९ मंसिर)का लागि तय भएको छ । यसपालिको बैठक भने धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने नेकपाका प्रबक्ता नारायण काजि श्रेष्ठले जानकारी दिए ।

यस अघिका बैठकहरु प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेका थिए । पार्टी कार्यालयमा पार्टीको बैठक बस्न लागेको यो पहिलो पटक हो ।

पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार, स्थायी समितिको बैठक शनिबार दिउसो १ बजे धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्ने निश्चित भएको छ। यसअघि स्थायी समिति, केन्द्रीय सचिवालय र केन्द्रीय कमिटीको बैठक बालुवाटारमै हुँदै आएका थिए ।

२२ मंसिरमा चार नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले नेताहरु बोलाएको समयमा उपस्थित नभएको भन्दै बैठक बहिस्कार गरेका थिए । उनीहरुले बालुवाटारमा बैठक डाकिने गरेकोमा पनि आपत्ती जनाएका थिए ।

उनीहरुको बहिस्कारपछि बसेको सचिवायलका पाँच सदस्यको बैठकले २९ मंसिरका लागि स्थायी समितिको बैठक तय गरेको थियो। बहिस्कार गरेका नेताहरुले पार्टी बैठक नियमित रुपमा आयोजना हुनुपर्ने, निर्धारित समयमा बैठक सुरु गर्नुपर्ने र पार्टी केन्द्रीय कार्यालयमा नै बैठक आयोजना हुनुपर्ने उनीहरुको माग थियो।

उनीहरुको मागको सुनवाई गर्दै अध्यक्षद्वय ओली र प्रचण्डले पार्टी केन्द्रीय कार्यालयमा नै बैठक आयोजना गरेका हुन्। शनिबार १ बजेभित्र बैठकका लागि अनिवार्य उपस्थित हुन स्थायी समिति सदस्यहरुलाई केन्द्रीय कार्यालयको तर्फबाट भनिएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ