कांग्रेस बैठकमा धर्मबारे कसले के भने ?

2018-12-13

काठमाडौँ - कांग्रेस बैठकमा धर्मका विषयमा बहस भएको छ । केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा राजनीतिक प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेताहरूले हिन्दूधर्मबारे खुलेर तर्क राखेका छन् । यो विषयले २८ मंसिरदेखि काठमाडौंमा हुने महासमिति बैठकमा पनि प्रवेश पाउने सम्भावना छ ।

यसअघि महामन्त्री डा. शशांक कोइरालाले सार्वजनिक रूपमै नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने भन्दै जनमतसंग्रह गर्नुपर्ने बताएका थिए । कोइराला परिवारकै अर्का केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि केही समयअघि धर्मको विषयलाई पार्टीले ‘सेटल’ गर्नुपर्ने बताएका थिए ।

धर्मबारे कसले के भने ?

धार्मिक मुद्दाले पार्टी ठूलो हुँदैन : कृष्णप्रसाद सिटौला
धर्मनिरपेक्षताको विषयमा साथीहरूले प्रश्न राख्नुभयो । प्रश्न उठिसकेपछि यसबारे खुलेर छलफल हुनुपर्छ । धर्म अत्यन्तै जटिल विषय हो । धर्मको विषय उठाउँदा पार्टी ठूलो हुने भए कमल थापाको पार्टी ठूलो हुन्थ्यो । राज्यको कुनै धर्म हुँदैन भन्ने मान्यताका आधारमा हामीले संविधानमा धर्मनिरपेक्षताको व्यवस्था गरेका हौँ । व्यक्तिको धर्म हुन्छ । तर, राज्यको धर्म हुँदैन । नेपालको संविधान सहमतिको दस्तावेज हो । एउटा पार्टीले चाहेर संविधान बनेको होइन । यो विषयमा कांग्रेस संवेदनशील हुनुपर्छ । धर्म सबैको आस्थाको केन्द्रबिन्दु हो ।

हाम्रो धर्मको महत्व हुँदाहँदै धर्मनिरपेक्षताको वकालत गर्दै छौँ : चन्द्र भण्डारी
अहिले अंग्रेजी भाषा विश्वभरि सञ्चारको ठूलो माध्यम भए पनि अबको ३० वर्षपछि संस्कृत भाषामा सञ्चार हुने नासाले जनाएको छ । तर, हामी हाम्रो धर्मको महत्व हुँदाहुँदै धर्मनिरपेक्षताको वकालत गर्दै छौँ । हामीले फाल्न खोजे पनि हाम्रो भाषा, धर्म, संस्कृति फालिँदैन । पूर्वीय दर्शन शाश्वत छ । पश्चिमाहरूले यसलाई अपनाउँदै छन् । हामीचाहिँ हाम्रो भाषालाई किन अनास्था गर्दै छौँ ? हाम्रै हिन्दू भगवान्ले नै बह्माण्डको उत्पत्ति गरे भनेर विश्वास गर्ने हामीहरू किन धर्मको चिन्ता गर्छौँ ?

धर्मनिरपेक्षता हिन्दूधर्मको विरुद्धमा होइन : डा. मीनेन्द्र रिजाल
धर्मबारे राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा व्याख्या गरिएका छन् । हाम्रो देशमा पनि धर्मनिरपेक्षता हिन्दूधर्मको विरुद्ध ल्याइएको शब्द भनेर बुझ्नु नै गलत हो । यो कसैको पक्षमा होइन । म आफू पनि हिन्दू हुँ । संविधानमा भएको व्यवस्थाले हिन्दूधर्मलाई समाप्त पारेको छ भनेर बुझ्न हुन्न ।

धार्मिक स्वतन्त्रता भन्दा हुन्छ : डा. रामशरण महत
धर्मनिरपेक्षताको विषयमा यति धेरै बोल्न जरुरी छैन । धर्मको स्वतन्त्रताको पक्षमा हामी बोल्दै आएका छौँ । बिपीले पनि यही भन्दै आउनुभएको थियो । हामीले पनि यही भन्यौँ । त्यसैले धार्मिक स्वतन्त्रता भन्दा हुन्छ ।

धर्ममाथि बहस हुनु नराम्रो होइन : महेश आचार्य
धर्मसम्बन्धी छलफल बैठकमा प्रवेश भएकोमा ठीकै छ । छलफल गर्नु राम्रो हुन्छ । ८३ प्रतिशत हिन्दू छन् भनेर संविधानमा किन लेख्न सकिएन ? बुद्ध नेपालमा जन्मिएका हुन् । यो धर्म यहीँबाट सुरु भएको भनेर किन लेख्न सकिएन ? संविधान बनेपछि मानेर जान सक्नुपर्छ । तर, छलफल नै हुनुहुँदैन भन्ने होइन । छलफलले नराम्रो गर्दैन ।


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ