दाङ कृषिको सम्भावना बोकेको जिल्ला ः मन्त्री पौडेल

2018-12-10

दिवाकर पोख्रेल
देउखुरी, मंसिर । प्रदेश नम्बर पाँचकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले दाङ कृषिको सम्भावना भएको क्षेत्र भएको बताउनु भएको छ । प्रदेश पाँचले अंघि सारेको नमूना कृषि गाउँको स्थलगत अवलोकन गर्दै मन्त्री गिरीले दाङमा कृषि र पशुपालन व्यवसाय फस्टाउन सक्ने सम्भावना रहेको बताउनु भएको हो ।

दाङको लमही नगरपालिका वडा नम्बर ९ को हर्दहवा गाउँमा नमूना कृषि गाउँको बारेमा जानकारी दिने उदेश्यले आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएकी मन्त्री पौडेलले प्रदेश सरकाले कृषि क्षेत्रमा देशकै नमुना काम गर्न थालेको जानकारी दिनुभयो । समृद्ध नेपाल सुखी नेपालीको नारा परीकल्पना मात्रै होइन,बास्तविकतामा परीणत गर्दैछौ यहाँहरुको सकृयता भयो भने यो सम्भव छ, मन्त्री पौडेलले भन्नुभयो । प्रदेश सरकारले प्रदेशका सबै निर्वाचन क्षेत्रमा नमुना कृषि गाउँ निर्माण गर्नको लागि बजेट विनीयोजन गरेकोले स्थानीय उत्पादनले अब बजार पाउने गरि कार्यक्रम आउने उहाँको दावी थियो ।

कार्यक्रममा प्रदेश कृषि ज्ञानकेन्द्र दाङका प्रमुख कृष्णवहादुर बस्नेतले प्रदेशका सबै निर्वाचन क्षेत्रमा एक÷एक वटा नमुना कृषि गाउँ निमार्ण गर्नको लागि एउटा निर्वाचन क्षेत्रमा ५० लाख रुयिाँ विनयिोजन गरेको जानकारी दिनुभयो । कार्यक्रममा साँसद रेवतिरमण शर्मा,सरस्वती गौतम, दामा शर्मा लगायतको सहभागिता रहेको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ