कसरी दाङ बाख्रापालनको लागि उत्तम ?

2018-12-09
लमहीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख केसी


देउखुरी मङ्सिर । दाङको लमही नगर पालिका अन्तर्गत पशु साखा कार्यालय लमहीको आयोजनामा ३ दिने ब्यबसायिक बाख्रा पालन तालिम आज देखि लमहीमा शुरु भएको छ । उक्त तालिमको लमही नगर पालिकाका प्रमुख कुल बहादुर केसीले उद्घाटन गरेका हुन ।
नेपाल सरकारले नेपाल भर रहेका सबै जिल्लाहरुलाई कुन जिल्ला केका लागि सम्भावित छ भनेर सर्वेक्षण गर्दा दाङ्गको लमही बाख्रा पालनका लागि अति उत्तम भएको भन्दै किसानलाई आत्मनिर्भर हुने गरेर नया प्रबिधि बाट बाख्रा पालनलाई प्राथमिकता दिन आग्रह गरेका छन । तालिमका प्रमुख अतिथि केसीले किसानलाई र्आिथक हिसाबले बलियो बनाउन यो तालिमले सहयोग हुने बताए । परम्परागत रुपले बाख्रा पाल्दै आएका किसानलाई अबको समय अनुशार आफ्नो पेसालाई परिमार्जन गरेर आधुनिक तरिकाले लाग्न पनि प्रमुख केसीले आग्रह गरेका छन ।
कार्यक्रममा बोल्दै प्रमुख केसीले जुन किसानले आफ्नो काम प्रति तत्परता देखाएर काम गर्छ त्यस्ता किसानलाई अनुदान पनि नगर पालिकाले उपलब्ध गराउने बताए । तिन दिन सम्म चल्ने तालिमको प्रशिक्षकमा पशु शाखा कार्यालय लमहीका निमित्त प्रमुख शिबराज न्यौपाने रहेका छन । लमही नगर पालिकाका ९ वटै वडा बाट २७ जनाको सहभागिता रहेको छ । किसान दुर्गा प्रसाद सुबेदीको अध्यक्षतामा शुरु भएको तालिमको सहजीकरण पत्रकार प्रिया स्मृती गजमेरले गरेका थिए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ