रोनाल्डो र मेस्सिलाई पछि पार्दै लुका मोड्रिचले जिते बालोन डि’ओर

2018-12-04

काठमाडौँ - क्रोएसिया र रियल मड्रिड स्टार मिडफिल्डर लुका मोड्रिचले बालोन डि’ओर २०१८ जित्न सफल भएका छन् । बालोन डि’ओर जित्ने क्रममा मोड्रिचले बार्सिलोनाका अर्जेनटाइन स्ट्राइकर लियोनेल मेसी र युभेन्ट्सका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको १० वर्ष लामो दबदबा पनि तोडेका छन् ।

क्रोएसियालाई रसिया विश्वकपको फाइनलसम्म पुर्याउन निर्णायक भूमिका खेलेका यही वर्ष फिफा वर्ष खेलाडी घोषित मोड्रिचलाई फ्रान्सको चर्चित म्यागेजिनले यो वर्षको बालोन डि’ओरको उपाधि पनि प्रदान गरेको हो ।

३३ वर्षीय मोड्रिच रियल मड्रिडले लगातार तीन पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जित्दा प्ले मेकरको भूमिकामा थिए । उनैको जायुयी प्रदर्शनमा क्रोएसिया विश्वकपको फाइनलसम्म पुगेको थियो ।

यसअघि सन् २००७ मा ब्राजिल र एसी मिलानका फर्वार्ड काकाले बालोन डि’ओर जितेका थिए । त्यसयता १० वर्षसम्म मेसी–रोनाल्डोले ५-५ पटक यो उपाधि जिते ।

मोड्रिचले बालोन डि’ओर जित्ने क्रममा उनीसँग प्रतिस्पर्धामा रहेका रोनाल्डो दोस्रो, एट्लेटिको मड्रिडका एन्टोइन ग्रिजम्यान तेेेस्रो, पेरिस सेन्ट जर्मेनका केलियन एम्बाब्पे चाैथाेे र मेेेेसी पाँचौ स्थानमा रहे । एम्बाप्पे र ग्रिजम्यान दुवैले फ्रान्सका लागि रसिया विश्वकप जित्न सफल भएका थिए ।

फिफा वर्ष खेलाडी मोड्रिचले त्यसअघि रसियामा भएको विश्कप फुटबलकै सर्वोत्कृष्ट खेलाडी हुँदै गोल बल अवार्ड पनि जितेका थिए । ‘यो मेरा लागि अविष्मरणीय र मैले कल्पना पनि नगरेको क्षण हो’, बालोन डि’ओर जितेपछि मोड्रिचले भने, ‘यो अर्वाड जित्नुमा म मेरो टिमका साथीहरुलाई श्रेय दिन चहान्छु ।’

मेसी र रोनाल्डोलाई समकालिन विश्व फुटबलका विशेष खेलाडीको संज्ञा दिँदै मोड्रिचले सन् २०१७/०१८ को सिजन आफ्नो जीवनका लागि अविस्मरणीय रहेको पनि उल्लेख गरे ।

युद्धबाट शरणार्थी बनेका टोटनह्यामका पूर्व खेलाडी मोड्रिचले आफ्नो सिनियर फुटबल जीवनको सुरुवात डाइनामो जाग्रेबबाट सुरु गरेका थिए । उनले आफूलाई व्यवसायिक फुटबल खेलाडी बनाइदिएकोमा डाइनामो जाग्रेब धन्यवाद पनि दिएका छन् ।

मोड्रिचसँगै फ्रान्सेली क्लब लियोन र नर्वेकी स्ट्राइकर २३ वर्षीया एडा हेगेर्बर्गले महिलातर्फको बालोन डि’ओर जितेकी छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ