पोर्चुगलमा साप्ताहिक ज्ञान महायज्ञ शुरु

2018-12-01

लिस्बन - सत्य सनातन धर्मका प्रवद्र्धतक एक नेपाली योगीको पहलमा युरोपेली मुलुक पोर्चुगलमा साप्ताहिक ज्ञान महायज्ञ शुरु भएको छ । द ट्रथ लभ अफ लिभिङ फाउण्डेशनको आयोजनामा युरोपमै पहिलो पटक पोर्चुगलको राजधानी लिस्बनमा साप्ताहिक ज्ञान महायज्ञ शुरु भएको हो ।

महायज्ञका प्रमुख वाचक योगी श्रीओम सूर्य शिवले शुद्धज्ञान, वेद, श्रीमद्भागवत महापुराण, सूर्य पुराण, शिव पुराण, जीवनको सत्यता, आत्मज्ञानलगायतका विषयमा आध्यात्मिक तथा धार्मिक प्रवचन दिनेछन् । महायज्ञमा दैनिकजसो पूजा, जलधारा, पाठ, हवन, ध्यान, प्रवचनका साथै भजन कीर्तन हुने बताइएको छ ।

विश्वमा सत्य सनातन धर्मको प्रचारप्रसार गर्ने तथा शुद्ध ज्ञान प्रवाह गर्ने उद्देश्यले ज्ञान महायज्ञको आयोजना गरिएको योगी श्रीओम सूर्य शिवले राससलाई जानकारी दिए । महायज्ञबाट सङ्कलन भएको रकम पोर्चुगल र नेपालमा आश्रम बनाउने योजनासमेत रहेको उनले बताए । योगी श्रीओमका अनुसार महायज्ञमा पोर्चुगलमा रहेका नेपालीसहित विदेशीको समेत उपस्थिति रहनेछ ।

बिहीबारबाट शुरु भएको महायज्ञ डिसेम्बर ५ सम्म सञ्चालन हुनेछ । योगी श्रीओम सूर्य शिवले यसअघि नेपालसहित भारत, अमेरिका, जापान, जर्मनी, स्वीडेन, फ्रान्स, स्पेन, बेल्जियमलगायतका विभिन्न मुलुकमा सत्य सनातन धर्मसम्बन्धी विभिन्न धार्मिक कार्यक्रम सम्पन्न गरिसकेका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ