अमेरिकी पुर्वराष्ट्रपति बुसको निधन

2018-12-01

काठमाडौं - अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुसको ९४ वर्षको उमेरमा निधन भएको छ।अमेरिकाका पूर्वराष्ट्रपति समेत रहेका उनका छोरा जर्ज डब्लु बुसले शुक्रबार राति विज्ञप्ति जारी गर्दै उनको निधन भएको जानकारी दिएका हुन्।

गत अप्रिलमा उनकी श्रीमती बारबाराको निधन भएको थियो। सोहि महिनादेखि उनको स्वास्थ्य अवस्था कमजोर भएका कारण उनलाई अस्पतालमा राखिएको थियो।

अमेरिकाका ४१औं राष्ट्रपति उनले सन् १९८९ देखि १९९३ सम्म सत्ता सम्हालेका थिए। दोस्रो कार्यकालका लागि निर्वाचनमा उठेका उनलाई विल क्लिन्टनले राष्ट्रपतिय निर्वाचनमा पराजित गरेका थिए।

सन् १९८१–१९८५ र १९८५–१९८९ सम्म उनले दुई कार्यकाल लगातार अमेरिकाको उपराष्ट्रपति पद सम्हालेका थिए। त्यसबेला रोनाल्ड रेगन अमेरिकी राष्ट्रपति थिए।

रिपब्लिकन पार्टिबाट राजनीति सुरुवात गर्नुपूर्व उनी दोस्रो विश्वयुद्धका युद्धक विमान चालक थिए। उनी धनाढ्य तेल व्यापारी समेत थिए। एजेन्सी




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ