संबिधान संसोधनको लागि सत्ता, सदन र सडकबाट संघर्ष गर्छौं : अशोक राई

2018-11-20

काठमाडौँ - संघिय समाजवादी फोरम नेपालका बरिष्ठ नेता अशोक राइले आफ्नो पार्टीले संबिधान संसोधनको लागि तिन ठाउँबाटै संघर्ष गर्ने बताएका छन् । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले सत्ता, सदन र सडकबाट संबिधान संसोधनका लागि सरकारलाई दवाव दिने बताए । आफ्नो पार्टी सत्तामा जानुको मुख्य कारण सत्ताबाट संबिधान संशोधनका लागि सरकारलाई दवाव दिनु रहेको उनले जिकिर गरे ।

त्यस्तै, कार्यक्रममा बोल्दै सांसद एवं फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै अधिकार प्राप्तिका लागि थप संघर्ष गर्ने बताए । सरकारमा जानु अघि भएको सहमति कार्यान्वयन नभए उनले तिनै तह तताएर उत्पीडित जनताका हकअधिकार दिलाई छाड्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

त्यस्तै, फोरम प्रचार विभाग प्रमुख प्रकाश अधिकारीले अहिले सम्म चाडवाडको भएका आफुहरु चुप बसेको र अब सहमति कार्यान्वयन गर्न आफुहरु एक चरण प्रधानमन्त्रीसंग बसेर छलफल गर्ने र तेही अनुसारले आफुहरु रणनीति तय गरि अगाडी बढ्ने उनले जानकारी दिए । उनले आफ्नो पार्टीले जनताका लागि नि:शुल्क स्वास्थ्य सेवा लागि गृहकार्य गरिरहेको जानकारी दिए । 'आधारभूत स्वास्थ्य सेवा जनताको मौलिक हक भएकोले यसको उपलब्धता सहज र निशुल्क हुनुपर्दछ' उनले भने ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ