नेकपाकाे सचिवालय बैठक मंसिर ६ मा

2018-11-18

काठमाडौं - बैठक डाक्न पार्टी नेताहरूकै दबाब पर्न थालेपछि सत्तारुढ नेकपाले सचिवालय बैठक बोलाएको छ। दुई अध्यक्ष (प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल) बीच शुक्रबारको छलफलपछि पार्टी सचिवालय बैठक बोलाउने निर्णय भएको हो। बैठक ६ मंसिरमा डाकिएको छ। कात्तिक ७ यता सचिवालय बैठकसमेत बस्न सकेको थिएन। स्थायी समिति बैठक पनि २१ असारयता बस्न सकेको छैन।

पार्टी बैठक नबस्दा एकता प्रक्रियाको ६ महिना बित्दा तल्लो तहसम्म नेकपाको एकता हुन सकेको छैन। तीन महिनाभित्र तल्लो तहसम्मको पार्टी कमिटी र जनवर्गीय संगठनको एकता प्रक्रिया टुंगो लगाइसक्ने बताए पनि नियमित बैठक बोलाउन नसक्दा अवरुद्ध छ। अबको सचिवालय बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला संगठन गठन, केन्द्रीय सदस्यको कार्य विभाजनलगायत प्रस्ताव तयार हुने र लगत्तै स्थायी समिति बैठक बोलाई अनुमोदन गराउने तयारी नेकपाको छ। ‘मसिंर ६ गते सचिवालयको बैठक बस्छ, प्रदेश कमिटी टुंग्याउने, जिल्ला कमिटी फाइनल गर्ने कुरा भएको छ। लगत्तै स्थायी समिति बसेर त्यसलाई अनुमोदन गर्छ। अब धेरै ढिला जाँदैन’, शनिबार दोलखामा आयोजित नेकपाको कार्यक्रममा अध्यक्ष दाहालले भने।

सचिवालय बैठकले स्थायी समिति बैठकका एजेन्डा र मिति निर्धारण गर्ने नेताहरूले बताएका छन्। सचिवालय बसेको दुई दिनभित्रै स्थायी समिति बोलाउने तयारी नेकपाको छ। प्रदेश कमिटी सदस्यको चयन र केन्द्रीय सदस्यको कार्य विभाजन प्रस्ताव तयार पार्न कात्तिक ७ को सचिवालय बैठकले सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहेको कार्यदल गठन गरेको थियो।

उक्त कार्यदलले प्रस्ताव अन्तिम चरणमा पु¥याएको छ। नेकपा बैठकमा कार्यदलले प्रस्ताव पेस गरेपछि छलफल गरी अन्तिम प्रस्ताव बनाई स्थायी समितिबाट अनुमोदन गराउने कार्यसूची छ। यसपटकको स्थायी समिति बैठकमा तल्लो तहसम्मको पार्टी एकता, जनवर्गीय संगठनको एकता, केन्द्रीय निकाय, सल्लाहकार परिषद्, केन्द्रीय विभाग, केन्द्रीय नेताको कार्य विभाजन, पोलिटब्युरो गठनदेखि सरकारको समीक्षासम्म गर्नेछ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ