प्रभावकारी हुन सकेन बक्स अफिस ! दोषी को हो ?

2018-11-17

काठमाडौंँ - नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि ‘बक्स अफिस’को विषयले चर्चा बटुलेको थियो । तर, बक्स अफिस लागू भएको चार महिना पुगिसक्दा पनि अलमल कायमै छ । चलचित्र निर्माताहरू खुसी छैनन् भने चलचित्र विकास बोर्डले पनि त्यस विषयमा नियमित जानकारी दिन सकेको छैन ।

के कति सङ्कलन भएको छ भन्ने राम्रोसँग हेर्न नपाएको गुनासो निर्माताहरूको छ भने अझै कतिपय चलचित्रको इ–टिकटिङ् हुन सकेको छैन । चलचित्र विकास बोर्डले सूचना नै जारी गरेर इ–टिकटिङ गर्न आह्वान गरेपछि अलमल देखिएको हो ।

बक्स अफिस सञ्चालनमा आएसँगै सार्वजनिक चलचित्रको निर्माण पक्षले ‘यति कमायो’ भन्ने दाबी कम भएको थियो । तर, केही समय यता पुनः चलचित्रको यति र उति कारोबार भयो भनेर सार्वजनिकरुपमा दाबी हुन थालेको छ । बक्स अफिसले कारोबारलाई तत्कालै पारदर्शी रूपमा देखाउन सक्नुपर्ने हो र त्यसका लागि दाबीको भर नपर्नु पर्ने हो ।

सङ्कलित रकमबारे जानकारी चलचित्र निर्माण पक्ष वा वितरकले दिएको जानकारीका आधारमा सार्वजनिक गरिन्छ । बक्स अफिस सञ्चालक अर्थात् चलचित्र विकास बोर्डले भने सङ्कलित रकम सार्वजनिक गर्ने अनुमति नभएको दाबी गरेको छ ।

चलचित्र ’छक्का पञ्जा ३’ ले बक्स अफिसमा आफ्नै पहिलो संस्करणको ‘रेकर्ड ब्रेक’ भएको खबर सार्वजनिक ग¥यो । कलाकार दीपकराज गिरी र निर्देशक दीपाश्री निरौलाले फेसबुकमार्फत चलचित्रले १७ दिनमा १६ करोड रुपियाँ कारोबार गरेको जानकारी दिनुभएको थियो । तर त्यसका आधिकारिकता भने पुष्टि हुन सकेको छैन । बक्स अफिसले त्यसबारे जानकारी दिएको छैन ।

बक्स र अफिस अलग !

चलचित्र छक्का पञ्जा ३ का निर्माता गिरी बक्स अफिसको काम कारवाहीबाट सन्तुष्ट देखिनुहुन्न । उनी भन्छन्– एकातिर ‘बक्स’ र अर्कातिर ‘अफिस’ छ । छक्का पञ्जा ३ ले ‘रेकर्ड ब्रेक’ गरेको दाबी गर्दै उहाँ थप्नुहुन्छ,‘तर त्यसका जानकारी पाउन सकिएको छैन ।

गएको साउन १ गतेदेखि बक्स अफिस कार्यान्वयनमा आएको हो । चार महिना बितिसक्दा पनि सही उपयोग नभएको गुनासो गर्देै उनले भने,‘बक्स अफिसले त ‘लाइभ’ तथ्याङ्क दिनुपर्ने थियो तर खै ?’

उहाँले छक्का पञ्जा ३ को अहिले दुई वटा शो मात्र रहेको जानकारी दिदै चलचित्रलाई दर्शकले माया गरेको तर त्यही कुरा कारोबारका आधारमा सार्वजनिक हुन नसकेको गुनासो गरे ।

चङ्गा चेट पनि उस्तै

यता चलचित्र चङ्गा चेटको निर्माता तथा वितरक माधव वाग्ले भने आफूलाई बक्स अफिसमार्फत कुनै पनि दिनको कारोबार तथ्याङ्क नपाएको गुनासो गरे ।

उनी भन्छन् ,‘ सञ्चारमाध्यमलाई जानकारी दिन पनि हामीलाई दैनिक तथ्याङ्क त आउनुप¥यो नि रु’, उनले निर्माण गरेकाे चलचित्र ’चङ्गा चेट’ कात्तिक १६ गतेदेखि प्रदर्शन भइरहेको छ । तर, दुई साता बित्दा पनि कारोबार रकम जानकारीमा नआएको भन्दै उनी आक्रोश पाेख्छन्,‘मैले बक्स अफिसको लागि सबै प्रक्रिया पूरा गरिसके तर मलाई ‘तथ्याङक’ भने अहिलेसम्म पनि पठाएको छैन ।’

प्रणालीले काम गरेको दाबी

निर्माताहरूले बक्स अफिसको आलोचना गरे पनि चलचित्र विकास बोर्डले भने त्यसको बचाउ गरेको छ । बोर्डका अध्यक्ष अध्यक्ष निकिता पौडेलले भने ,‘बक्स अफिसले काम गरेको छैन भन्ने कुरा गलत हो । काम प्रभावकारी नै भइरहेको छ ।’

गत साउन १ गते बक्स अफिस लागू गर्नुअघि भएको सहमतिमा निर्माताले चाहेको खण्डमा मात्र बक्स अफिसले कारोबार रकम जानकारी दिने सहमति भएको उहाँले स्पष्ट गर्नुभयो । पौडेलले भने,‘ ‘हामीले कारोबार रकमबारे जानकारी दिन पाउँदैनौ ।’

उनले बक्स अफिसमा कुनै पनि किसिमको प्रविधिक समस्या नदेखिएको र हरेक चलचित्र निर्माता एवं वितरकलाई ‘डाटा’ नियमित पठाएको दावी गरे ।

नेपालका लागि बक्स अफिस व्यवस्थापक मनिष पण्डित भने हाल अमेरिका छन्। पौडेलले भने ,‘यसअघि हरेक चलचित्रका निर्मातालाई कारोबारको एक घन्टामा बक्स अफिस सङ्कलन जानकारी दिइएको थियो ।’

सूचना नै जारी

बक्स अफिस लागू गर्दै ‘इटिकटिङ’लाई अनिवार्य गरे पनि परम्परागत रूपमा नै चलचित्र टिकट प्रयोग आएकोमा बोर्डले आपत्ति जनाएको छ । विभिन्न बहानामा मेनुअल रूपमा नै टिकट बिक्री हुने थालेपछि बोर्डले नयाँ निर्देशन जारी गरेको छ ।

बोर्डले इटिकटिङ प्रणालीमा गइसकेका चलचित्र हलमा परम्परागत रूपमा टिकट बिक्री बन्द गर्न निर्देशन दिएको हो । सोमबार सूचना जारी गर्दै मेनुअल रूपमा टिकट बिक्री गर्ने र विभिन्न बहानामा ‘रियल टाइम कलेक्सन डाटा’ नदिएको गुनासो प्राप्त भएको जनाउँदै बोर्ड कडा रूपमा उत्रिएको हो ।

सोमबार सार्वजनिक सूचनामा भने बोर्डले केही हलले विभिन्न बहाना बनाएर रियल टाइम डाटा सर्भरमा नपठाएको जनाउँदै नियम उल्लङ्घन गर्ने चलचित्र हललाई कारवाहीको चेतावनी दिएको हो । साथै, निर्माता र वितरकले फिल्म प्रदर्शनको पाँच दिन अघि बक्स अफिसमा आवद्ध हुन प्रकिया अपनाउनुपर्ने जानकारी समेत दिएको छ ।

 

गोरखापत्रबाट




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ