चलचित्र 'घनचक्कर' को 'हिरो हिरो' युट्युबमा (भिडियो हेर्न यो लिंकमा जानुहोस)

2018-11-16

काठमाडौँ - चलचित्र 'घनचक्कर' को 'हिरो हिरो' बोलको गित युट्युबमा सार्वजनिक भएको छ । हरि भट्ट सुर्यनाथद्वारा निर्मित एवं जितेन्द्र राजोपाध्यायद्वारा निर्देशित चलचित्र यहि पौष १३ गते रिलिज हुँदैछ ।

राजेश पायल राइको स्वरमा सजिएको उक्त गीतको कोरियो ग्राफी प्रदिप श्रेष्ठले गरेका हुन् भने म्युजिक कम्पोजिसन देव कोइमीले गरेका हुन् ।

चलचित्रमा सौगात मल्ल, सलोन बस्नेत, सरोज खनाल, जेवी डिसी, आशान्त शर्मा, शिशिर भण्डारी, ममता प्रधान, इश्वरी खड्का, कृष्णभक्त महर्जन, दामोदर पौडेल, प्रवन भुसाल, जनक घर्ति मगर, कर्णप्रियलगायतले अभिनय गरेका छन् भने नायिकामा कश्मिरा लामाले डेब्यु गरेकी छिन । त्यस्तै, चिफ एसिस्टेन्ट डाइरेक्टरमा बिनोद खतिवडा, एसिस्टेन्ट डाइरेक्टरमा शान्ति तामाङ्ग र भरत रौनियार, सिनेमाटोग्राफरमा सुसन प्रजापति, प्रोडक्सन डिजाइनरमा बिमल धमला र द्वन्द्वमा अष्ट महर्जन रहेका छन् ।

सस्पेन्स कमिड़ी जान्रामा निर्मित उक्त चलचित्रले उत्तर आधुनिकउन्मुख शहरिया जीवनको तानमा विभिन्न सपना बोकेर हिंडेका मनुष्यहरु कसरी घनचक्करमा फ़स्छन भन्ने देखाउन खोजिएको चलचित्रका निर्देशकले बताए ।

हेर्नुहोस भिडियो




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ