सन्दीपले पुनः दिल्लीबाट आइपिएल खेल्ने पक्का

2018-11-16

नेपाली स्पिनर सन्दीप लामिछानेले दिल्ली डेयरबाट इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पक्का भएको छ । दिल्लीले नयाँ सिजनका आइपिएलका लागि रिटेन (पुन : अनुबन्ध) गरेको लिस्टमा सन्दीपसमेत रहेका छन् । गत सिजनको अक्सनमा दिल्लीले सन्दीपलाई २० लाख भारुमा किनेको थियो । उनले अन्तिम तीन खेलमा अवसर पाउँदा सनसनीपूर्ण प्रदर्शन गरेका थिए । यस सिजनमा पनि सन्दीपको पारिश्रमिक २० लाख भारुभन्दा कम हुँदैन ।

यस सिजनमा अक्सन नहुने
यसपटक आइपिएलमा मेगा अक्सन हुँदैन । आइपिएलले सहभागी फेन्चाइज क्लबहरूलाई खेलाडी राख्ने र रिलिज गर्ने अधिकार दिएको छ । यसै नियमअनुरूप दिल्लीले सन्दीपलगायत अन्य खेलाडीलाई पनि क्लबमै राख्ने निर्णय गरेको हो । दिल्लीले अनुभवी कप्तान गौतम गम्भीर र अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलजस्ता खेलाडीलाई गरी १० जनालाई रिजिल गरेको छ । लगातार अन्तर्राष्ट्रिय टी–२० प्रिमियर लिग प्रतियोगितामा सानदार प्रदर्शन गरेका सन्दीपबाट दिल्ली निकै खुसी रहेको जनाएको छ ।

यस्तो रह्यो पहिलो सिजन
जब दिल्ली प्लेअफ चरणमा स्थान बनाउन असफल भयो, त्यसपछि प्रशिक्षक रिकी पोन्टिङले रिजर्भमा रहेका विदेशी खेलाडी खेलाउने निर्णय गरे । यसमा नेपालका सन्दीप पनि भाग्यमानी ठहरिए । सन्दीपले रोयल च्यालेन्ज बेंग्लोरविरुद्ध आइपिएलमा डेब्यु गरी उत्कृष्ट प्रदर्शन गरे । उनले डेब्यु खेलमै २५ रन खर्चेर १ विकेट लिए । त्यसपछि दोस्रो खेलमा सन्दीपले चेन्नई सुपर किंग्सविरुद्ध ४ ओभरमा २१ रन खर्चेर १ विकेट हात पारे । लिगको आफ्नो अन्तिम खेलमा दिल्लीले साबिक विजेता मुम्बई इन्डियन्सविरुद्ध प्रतिस्पर्धा गरेको थियो । जसमा सन्दीपले सबैलाई आश्चर्यजनक पार्दै ३६ रन खर्चेर तीन विकेट लिए ।

दिल्ली डेयरका खेलाडी

भित्र आएका : शिखर धवन
बाहिरिएका : गौतम गम्भीर, जासोन रोय, गुर्किरात मान, ग्लेन म्याक्सवेल, मोहमन सामी, डान क्रिस्टियन, विजय शंकर, अविशेषक शर्मा, साहवाज नदिम, सायन घोष, लिअम प्लंकेट, जुनियर दादा, नमान ओझा

पुन: अनुबन्धित : सेयास इयेर, पृथ्वी साउ, रिसभ पन्त, मनोज कार्ला, कोलिन मुन्रो, क्रिस मोरिस, जयन्त यादव, राहुल टेवाटिया, हर्सल पाटेल, अमित मिश्रा, कार्गिसो राडवा, ट्रेन्ट बोल्ट, सन्दीप लामिछाने, अभेषक खान

 

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ