इटाली पुगेर दीपिका र रणवीरको जोडी दाम्पत्य जीवनमा बाँधिए

2018-11-15

मुम्बई - बलिउडका सुन्दर जोडीका रुपमा परिचित दीपिका पादुकोण र रणवीर सिंह अब पति पत्नी बनेका छन् । उनीहरुले बुधबार इटालीमा एक भब्य समारोहबीच बिहे गरे‍का छन् ।

लामो प्रेम सम्बन्धपछि दुवै परिवार र नजिकका नातेदारको उपस्थितिमा इटालीको लेक कोमोमा यी जोडी दाम्पत्य जीवनमा बाँधिएका हुन् । बलिउडका लागि यो वर्षकै सबैभन्दा ठुलो बिहे हो ।

यसभन्दा पहले यही साल सोनम कपुर र आनन्द आहूजाले पनि बिहे गरेका थिए । रणवीर-दीपिकालाई सामाजिक सञ्जालमा शुभचिन्तक र प्रशंसकले बधाई दिएका छन् ।

अब १५ नोभेम्बर अर्थात् भोली यो जोडीले सिन्धी रीति रिवाज अनुसार फेरि बिहे गर्नेछन् । यी जोडीको आझ कोन्कणी रिवाज अनुसार मन्त्रोच्चारणबीच दुवैजनाले बिहे गरे। पारम्परिक रिवाज अनुसार वर बधुले चार फेरा लिएका हुन् ।

बलिउडका निर्देशक करण जौहरले सबैभन्दा पहिले दीपिका र रणवीरलाई बिहेको शुभकामना दिए । बिहेस्थलमा सेतो गुलाब र वाटर लिलीबाट सजाइएको थियो । बिहेका क्रममा त्यहाँ कडा सुरक्षा व्यवस्था गरिएको थियो । पानीदेखि स्थलसम्म कडा निगरानी राखिएको थियो । उनीहरुको बिहेमा करिब ४० जना पाहुना सहभागी भएका थिए ।

फिल्म फेयरको रिपोर्ट अनुसार बलिउडबाट दुईजना पाहुना बिहेमा जाने सूचीमा थिए । यी दुई पाहुनामा शाहरुख खान र सञ्जय लीला भन्साली थिए । तर उनीहरु बिहेमा पुगे नपुगेको बारेमा केही विवरण आएको छैन ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ