बलिउड नायिका राखी सावन्त रेस्लरको कुटाइबाट घाइते

2018-11-14

नयाँ दिल्ली - बलिउड अभिनेत्री राखी सावन्त एक महिला रेस्लरको कुटाइबाट अस्पताल नै भर्ना हुन पुगेकी छन् ।

हालै हयिणास्थित एक स्टेडियममा आयोजित रेस्लिङ प्रतिष्पर्धामा राखीलाई अर्की महिला रेस्लरले पहिलो धक्काबाटै घाइते बनाएकी हुन् । अभिनेत्री राखीले अन्तर्राष्ट्रिय महिला रेस्लर द रेबेललाई च्यालेन्ज दिएपछि ताउ देवीलाल स्टेडियममा आयोजित रेस्लिङमा राखी र रेस्लर द रेबेलबीच भिडन्त भएको थियो ।

कार्यक्रम सुरु हुनासाथ रेस्लर र राखी रिङ छिरे । सुरुको केही सेकेण्डको ‘वार्म अप’ पछि महिला रेस्लर द रेबेलले राखीलाई उचालेर स्टेजमै पछारिन् । राखी उठेर आक्रमण गर्लिन् भन्ने धेरैको अपेक्षाको विपरित राखी भुइँमा लडेको १० मिनेटसम्म उठ्नै सकिनन् ।

राखीलाई स्टेजबाटै स्थानीय एक अस्पताल पुर्याइएको छ । उपचारको क्रममा उनको ढाडको हड्डीमा चोट लागेको छ । साथै केही अस्पतासम्म आराम गर्न चिकित्सकले सल्लाह दिएका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ