2018-11-12 |
काठमाडौं - सभापति शेरबहादुर देउवाले पार्टीको विधी मिचेर मनोमानी रुपमा विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गरेको भन्दै असन्तुष्ट नेताहरु मोर्चाबन्दीमा लागेका छन् । कांग्रेसको पूर्वसंस्थापन पक्षका नेताहरुले सुजाता कोइरालाको निवास मण्डिखाटारमा ‘लन्च मिटिङ’ गरेका हुन् ।
गुट भेलामा सुजाताबाहेक नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. शेखर कोइराला र डा. रामशरण महत सहभागी थिए ।
बिहान १० बजे सुरु भएको छलफल मध्यान्न १२ बजेसम्म चलेको थियो । नेता पौडेलका पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीका अनुसार बैठकमा कांग्रेसको आन्तरिक राजनीति, नेविसंघ महाधिवेशनको अन्यौल र देउवाले उपसभापतिमा गच्छदारलाई मनोनित गर्दा प्रक्रिया नपुर्याएको विषयमा छलफल भएको छ ।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...