पोखरा प्रिमियर लिग : चितवनले पाेखरालाई दियाे १६१ रनकाे लक्ष्य

2018-11-06

काठमाडौं - पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीए) क्रिकेट प्रतियोगिताको फाइनलमा चितवन राइनोजले पोखरा पल्टनलाइ १६१ रनको टार्गेट दिएको छ । पोखराले अहिले जवाफी ब्याटिंग गरिरहेको छ ।

पोखराले टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ६० रन बनायो । चितवनले नौ रनमा पहिलो विकेट गुमायो । हरिशंकर शाह आठ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका कप्तान पारस खड्काले अनिल शाहसँग उत्कृष्ट साझेदारी गर्दै टिमको पारी सम्हाले ।

यो प्रतियोगितामा खासै राम्रो लयमा नदेखिएको पारसले फाइनलमा भने कप्तानी पारी खेले । उनले चितवन विरुद्ध ५० रन बनाउदै प्रतियोगितामा पहिलो अर्धसतक बनाए । उनको यो अर्धसतकसँगै जारी प्रतियोगितामा अर्धसतक सख्या २१ पुगेको छ । उनले ३६ बलमा नौ चौका प्रहार गरे । उनले दोस्रो विकेटका लागि अनिलसँग ७६ रनको साझेदारी गर्दै टिमको पारी सम्हाले । तर पारस ५१ रनमा आउट हुँदा चितवनले ८५ रनमा दोस्रो विकेट गुमायो ।

तेस्रो विकेटका लागि पनि सन्नी पटेल र अनील शाहले ५० रनको साझेदारी गरेपछि चितवन बलियो स्थितीमा पुग्यो । तर उसको स्कोर एक सय ३५ रन हुदा तेस्रो विकेट झर्‍याे । अनिलले ३८ बलमा ३७ रन बनाए । जसमा तीन चौका र एक छक्का प्रहार गरे । आजपनि भारतीय खेलाडी सन्नी पटेलले उत्कृष्ट ब्याटिङ गरे ।

इलिमिनेटर राउण्डमा पनि अर्धशतक बनाउदै टिमलाई फाइनलमा पुर्‍याएका उनले आज पनि ४३ रन बनाए । जसमा उनले बलमा तीन चौका र चार छक्का प्रहार गरे । जसका कारण चितवनले एक सय ५७ रनमा चौथो विकेट गुमायो । यस्तै आरिफ शेखले १४ रन बनाए ।चितवन राइनोजका कप्तान पारस खड्काले अर्ध शतक प्रहार गरेका छन् । पीपीएलमा उनको यो पहिलो अर्धशतक हो ।
घरेलु टिम पोखराले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

चितवन पारस खड्काको र पोखरा शरद भेषवाकरको कप्तानीमा रहेको टिम हो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ