पोखरा प्रिमियर लिग : फाइनलमा चितवन र पोखराको भिडन्त

2018-11-05

पोखरा - पारस खड्काले नेतृत्व गरेको चितवन राइनोज पोखरा प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । चितवनले आइतबार भएको इलिमिनेटरमा हुलास काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

टस जितेर व्याटिङ रोजेको काठमाडौं रोयल्स सन्नी पटेलको एकै ओभरमा ३ विकेटपछि १९.३ ओभरमा ९४ रनमा धराशयी भएको थियो । पोखरा रंगशालाको क्रिकेट मैदानमा चितवनले १८.२ ओभरमा लक्ष्य पुरा गर्‍यो ।

चितवनलाई विजय दिलाउने क्रममा स्मित पटेलले ३८ रन बनाएका थिए । उनले ४३ बल खेली ३ चौका प्रहार गरेका थिए । आरिफ शेखले अविजित २० र सन्नीले अविजित ६ रन प्रहार गरेका थिए ।अनिल साह १ र कप्तान पारस खड्का २ रनमै आउट भए । ओपनर हरिशंकर साहले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरी २६ रन बनाएका थिए ।

काठमाडौंबाट सुशन भारीले ३ र पवन सर्राफले १ विकेट लिए । काठमाडौंबाट जयकिस्नन् कोल्सावालाले २५ र कप्तान ज्ञानेन्द्र मल्लले ३० रन बनाएका थिए । ज्ञानेन्द्रले ३५ बलमा २ चौका प्रहार गरेका थिए । आदिल खान ८, बसन्त रेग्मी शुन्य, अमरसिंह रौटेला ९ र सुशन भारी ३ रनमा आउट भएका थिए । सन्नीले ३ विकेट लिने क्रममा ४ ओभरमा ९ रन मात्रै खर्चिएका थिए ।

अर्का भारतीय खेलाडी स्मति पटेलले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिएका थिए । भुवन कार्कीले ३ ओभर बलिङ गर्दै १० खर्ची २ विकेट लिएका थिए । करण केसी र कप्तान पारस खड्काको नाममा १/१ विकेट रहेको थियो ।

मंगलबार हुने फाइनल खेलमा चितवनले पोखरा पल्टनको सामना गर्नेछ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ