स्वतन्त्र तिब्बतको पक्षमा नेपालमा आन्दोलन चर्काउने तयारी, थिन्ले गयाट्सो तोकिए कमान्डर !

चीनबाट भागेर नेपाल आउने तिब्बती शरणार्थीलाई भारत निष्कासन रोकियो

2018-11-03

काठमाडौँ - चीनबाट भागेर नेपाल आउने तिब्बती शरणार्थीलाई गृह मन्त्रालयले भारत निष्कासन रोकेको छ । विगतमा कानुनविपरीत तिब्बती शरणार्थीलाई सरकारले भारतमा निष्कासन गर्दै आएको थियो । तर, करिब चार महिनायता गृहमन्त्री रामबहादुर थापाले यस्तो प्रक्रिया रोकेका छन् ।

अध्यागमनसम्बन्धी कानुनमा अवैध रूपमा नेपाल प्रवेश गर्ने तथा बस्ने व्यक्तिलाई सम्बन्धित देशमै निष्कासन गर्ने प्रावधान छ । शरणार्थीलाई सहयोग गर्दै आएका अन्तर्राष्ट्रिय संस्थाहरूको दबाबमा सरकारले करिब ०५० देखि नै यसरी भारत निष्कासन गर्दै आएका थिए ।

अवैध रूपमा नेपाल आउने तिब्बती शरणार्थी पटक–पटक पक्राउ पर्दै आए पनि उनीहरूलाई कारबाहीपछि चीन निष्कासन गरिँदैन । बरु, काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगको कार्यालय (युनएनएचसिआर)मा बुझाउने गरिएको छ । युएनएचसिआरले नै गृह मन्त्रालयबाट निर्णय गराई विगतमा दलाई लामाको धर्मशालामा पठाउने गरेको अध्यागमन विभागका एक अधिकारीले बताए ।

भारतको हिमाञ्चलमा निर्वासित तिब्बती धर्मगुरु दलाई लामाको आश्रम रहेकाले तिब्बतबाट भागेकालाई त्यहाँ पठाउने गरिएको हो । तिब्बतबाट खासगरी दलाई लामाका अनुयायीहरू भाग्ने गर्दछन् । उनीहरूलाई धर्मशाला पठाउन विगतमा नेपाल सरकारले पनि सहयोग गर्दै आएको थियो ।

विगतमा चीनमै निष्कासन गरिएका केही शरणार्थीलाई चीनले यातना दिएको भनेर अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी संगठनहरूले प्रतिवेदन सार्वजनिक गरे पनि नेपालले चीन पठाउन रोकेको हो । केही महिनाअघि पक्राउ परेका तिब्बती शरणार्थीलाई भारत पठाउन प्रस्ताव अघि बढेपछि त्यसबारे बुझ्दा यो प्रक्रिया अवैध भएको खुलेपछि निष्कासन रोकिएको हो ।

उनीहरूलाई भारत पठाउन शरणार्थीलाई सहयोग गर्दै आएको युनएनएचसिआरका अधिकारीले भने तिब्बती शरणार्थीलाई भारतमै निष्कासन गर्न सरकारलाई दबाब दिँदै आएका छन् । केही महिनायता कुनै पनि तिब्बती शरणार्थीलाई भारत नपठाइएको अध्यागमन विभागका अधिकृत कुलशेखर अर्यालले बताए ।

चीन सरकारले भने तिब्बतबाट भागेकालाई भारत नपठाउन दबाब दिँदै आएको छ । नेपालमा करिब २० हजार चिनियाँ शरणार्थी छन्, जसमध्ये करिब १४ हजारलाई सरकारले शरणार्थी परिचयपत्र नै दिएको छ । नयाँ शरणार्थीलाई परिचयपत्र दिइएको छैन । खुला सिमानाका कारण कतिपय तिब्बती अझै नेपाल आउने गरेका छन् ।

तिब्बती शरणार्थीलाई सुपुर्दगी सन्धिको त्रास
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच सुपुर्दगी सन्धि गर्ने समझदारी भएको थियो । सो समझदारीले नेपालमा रहेका केही तिब्बती शरणार्थीमा त्रास फैलिएको छ । सन्धिपछि आफूहरूलाई नेपाल सरकारले सुपुर्दगी गरेर चीन पठाउन सक्ने उनीहरूको चिन्ता छ ।

असारको पहिलो साता भएको प्रधानमन्त्रीको चीन भ्रमणपछि जारी संयुक्त वक्तव्यको बुँदा नम्बर १० मा दुई देशबीच पारस्परिक कानुनी सहायता तथा सुपुर्दगी सन्धिका लागि दुवै पक्ष सहमत भएको उल्लेख छ । सन्धिअन्तर्गत नेपालमा बसेर चीनविरोधी गतिविधि गर्नेलाई आपराधिक गतिविधिमा संलग्न रहेको भनेर चीनले लैजान सक्ने भन्दै उनीहरूले सन्धिमा चासो दिएका छन् । एक समूह त सन्धि हुनै नदिनसमेत दबाब दिन थालेको स्रोत बताउँछ ।

सुपुर्दगी सन्धिका विषयमा सामान्य छलफल भए पनि विस्तृत तयारी सुरु नभएको गृह मन्त्रालयका एक अधिकारीले बताए । तिब्बती शरणार्थी अन्तर्राष्ट्रिय मुद्दा बन्दै आएको छ । पश्चिमी देशहरूले तिब्बतमा चीन सरकारले दमन गरेको विषय अन्तर्राष्ट्रिय फोरममा उठाउँदै आएका छन् भने चीनले भने यो विषयलाई अतिरञ्जित बनाइएको बताउने गरेको छ । नेपाललाई दुवै पक्षले आ–आफ्नो स्वार्थका लागि दबाब दिँदै आएका छन् ।

आन्दोलन फेरि चर्काउने तयारी
नेपालमा रहेका तिब्बती शरणार्थीले फेरि स्वतन्त्र तिब्बतको पक्षमा आन्दोलन चर्काउने तयारी गरेका छन् । दलाई लामाको निर्वासित सरकारले आन्दोलनका कमान्डरसमेत तोकेको छ । विगतमा दलाई लामाको नेपालस्थित प्रतिनिधिको कार्यालय (गाडेन खाङसार)का प्रमुखका रूपमा काम गरेका थिन्ले गयाट्सोलाई आन्दोलनका कमान्डरका रूपमा खटाइएको हो ।

सन् २००१ देखि २०११ सम्म उनी नेपाल प्रमुख भएर काम गरेका थिए । सन् २००८ मा उनकै नेतृत्वमा नेपालमा फ्री तिब्बतको पक्षमा करिब ३ महिनासम्म आन्दोलन चर्किएको थियो । त्यसवेला दैनिकजसो चिनियाँ दूतावासअगाडि तिब्बती शरणार्थीको प्रदर्शन हुँदै आएको थियो ।

पछिल्ला वर्ष त्यस्तो आन्दोलन सरकारले नै नियन्त्रण गर्दै आएको छ । त्यसवेलाका आन्दोलनका कामान्डर गयाट्सोले सन् २०११ देखि निर्वासित सरकारको अर्थ मन्त्रालयको सचिवका रूपमा काम गरेका थिए । सचिव पदबाट अवकाश पाएपछि उनलाई आन्दोलनका लागि नेपाल खटाइएको हो ।

तिब्बती शरणार्थीको संस्था जावलाखेलस्थित स्नोलाइन फाउन्डेसनको कार्यकारी निर्देशक पको जिम्मेवारीको आवरणमा उनलाई आन्दोलनका लागि खटाइएको स्रोत बताउँछ । सो संस्थाले तिब्बती शरणार्थीका लागि आर्थिक स्रोत जुटाउने काम गर्दै आएको छ ।

 

नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ