पोखरा प्रिमियर लिग : धनगढीसँग बुटवल २० रनले हार्‍यो

2018-11-01

कास्की - पोखरा प्रिमियर लिग अन्तर्गत बुटवल ब्लास्टर्सले लगातार दोस्रो हार व्यहोरेको छ । विहीबार भएको खेलमा बुटवल धनगढीसँग २० रनले पराजित भएपछि प्रतियोगिताको अंक तालिका रोमाञ्चक मोडमा पुगेको छ ।

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ६१ रन बनायो । यसअघिका खेलमा जस्तै धनगढीको ओपनिङ जोडीले राम्रो सुरुवात दिलाउन सकेनन् । १४ रनमा पहिलो विकेट गुमाएको धनगढीले ३९ रनमा तीन विकेट खेर फालेको थियो । जसमा दिपिल नाथ र सुविन्धु पाण्डेले १०–१० रनमा आउट भएभने यसअघि राम्रो लयमा देखिएको विदेशी खेलाडी पिटर ट्रेगो १४ रनमा पेभेलियन फर्किए ।

तर चौथो विकेटका लागि कप्तान दिपेन्द्र ऐरी र डेन लरेन्सले सतकीय साझेदारी गरेपछि धनगढीको पारी सम्हालिएको हो । उनिहरुले एक सय ८ रनको साझेदारी गरे । जुन यो प्रतियोगितामा अहिलेसम्मकै ठूलो साझेदारी हो ।

लरेन्स ५२ रनमा आउट हुँदा धनगढीले एक सय ४७ रनमा चोथौ विकेट गुमायो । दिपेन्द्रले अविजित ५६ रन बनाए भने अन्तिम सौरभ खनालले चार बलमा १३ रन थपे । बलिङ तर्फ विपिन खत्रीले दुई विकेट लिए ।

जवाफमा बुटवल २० ओभरमा ६ विकेट गुमाउँदा एक सय ४१ रनमा रोकियो । सुरुवात देखि नै लडखडाएको बुटवलले ८ रनमा पहिलो विकेट गुमायो । एकपछि अर्को विकेट गुमाएको बुटवलले ६४ रन बनाउदा ५ विकेट गुमाएको थियो ।

बुटवलका रोहन मुस्तफा २० रनमा आउट भए भने सागर पुनले एक रन मात्र जोडे । यस्तै भिम सार्की ५ रनमा पेभेलियन फर्किए भने शंकर रानाले खाता खोल्न सकेनन् ।

यस्तै सिद्धान्त लोहनी १२ रनमा आउट भए । बुटवलका लागि चिराग सुरीले अविजित ७९ रन बनाए । अब अंक तालिकामा ५ टिमको चार अंक भएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ