मध्य भोटेकोसीको १ करोड ४४ लाख कित्ता शेयर आउंदै

2018-11-01

काठमाडौ - सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेघावाट क्षमताको मध्य भोटेकोसी जलविद्युत् आयोजनाले १ करोड ४४ लाख कित्ता (२४प्रतिशत) साधारण शेयर निश्कासन गर्ने भएको छ।

नेपाल विद्युत् प्राधिकरण र चिलिमे जलविद्युत् कम्पनी लिमिटेड मुख्य प्रवद्र्धक रहेको आयोजनाले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थागत लगानीकर्ता कम्पनीका कर्मचारी, ऋणदातासंस्थाका कर्मचारीका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा शेयर आवेदन आह्वान गर्ने जनाइएको छ।

मध्यभोटेकोसी जलविद्युत् कम्पनीका कार्यकारी निर्देशक मणी काफ्लेले बुधबार पत्रकार सम्मेलनमा सञ्चयकर्ताका लागि १ करोड १७ लाख कित्ता शेयरका लागि कार्तिक २८देखि मंसिर १४ गतेसम्म आवदेन खुला रहने बताए। उनका अनुसार संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि ६ लाख कित्ता शेयरका लागि मंसिर १८ देखि २६ गतेसम्म शेयर आवेदन खुला हुनेछ।

सेयर खरिदका लागि २०६८ मंसीर २२ गतेबाट बहाल तथा २०७५ असोज २९ गतेसम्म थप भएका संचयकर्ता, संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीले आवेदन दिन पाउने जनाइएको छ। आवेदन कर्ताका लागि सि–आस्वा प्रणाली अनिवार्य गरिएको कम्पनीले जनाएको छ।

आयोजनाको कुल लागतमध्ये ५० प्रतिशत स्वपुँजी र ५० प्रतिशत ऋणबाट जुटाउन लागिएको छ। ५० प्रतिशत स्वपुँजीअन्तर्गत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता भएको छ।

कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र संस्थापक संस्थाका कर्मचारीले न्यूनतम ५० कित्ता र सोभन्दा बढी १० अङ्कले भाग जाने संख्यामा अधिकतम ५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । कर्मचारी सञ्चयकोषका कर्मचारीले न्यूनतम ५० कित्ता र सोभन्दा बढी १० अङ्कले भाग जाने संख्यामा अधिकतम १२ सय कित्तासम्म सेयर आवेदन दिन सक्नेछन्।

अर्को चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोकवासीका लागि ६० लाख कित्ता र सर्वसाधारणका लागि ९० लाख कित्ता सेयर निष्कासन गर्ने योजना रहेको काफ्लेले जानकारी दिए।

हालसम्म ४२ प्रतिशत निर्माणसम्पन्न भएको उक्त आयोजनाबाट आगामी असार १६ देखि विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ