पोखरा प्रिमियर लिग : चितवनले धनगढीलाई दियो १९४ रनको चुनौति

2018-10-31

काठमाडौं - पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत चितवन राइनोजले धनगढी ब्लुजलाई एक सय ९४ रनको लक्ष्य दिएको छ । पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ९३ रन बनायो । उत्कृष्ट सुरुवात गरेको चितवनका हरिशंकर शाह र अनिलकुमार शाहले पहिलो विकेटका लागि एकसय एक रनको साझेदारी गरेका थिए ।

जारी प्रतियोगितामा यो चितवनको अहिलेसम्म कै ठुलो साझेदारी हो । यसका साथै पुरै प्रतियोगितामा पनि पहिलो विकेटका लागि भएको यो उच्च साझेदारी हो । तर अनिल ३७ रनमा आउट भएपछि चितवनले पहिलो विकेट गुमायो । त्यसपछि हरिशंकर शाह पनि अर्धसतक बनाउदै आउट हुन पुगे । उनले ३३ बलमा ५३ रन बनाए ।

जसका कारण चितवनले एक सय १० रनमा दोस्रो विकेट गुमायो । चितवनका कप्तान पारस खड्कापनि आक्रामक रुपमा उत्रिएका थिए । तर उनी धेरैबेर क्रिजमा टिक्न सकेनन । उनले ९ बलमा १९ रन बनाउदै आउट भए । सो बेला चितवनको स्कोर एक सय ४० रन थियो । त्यसपछि स्मिथ पटेल २४ र आरिफ शेखले खाता खोल्न नपाउदा चितवनले एक सय ६२ रनमा ५ विकेट झर्यो । त्यसपछि सन्नी पटेलले २६ तथा करण केसीले ११ रन बनाए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ