राजापाक्षले गठन गरे मन्त्रिपरिषद !

2018-10-31

कोलम्बो - श्रीलङ्काका नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षले मन्त्रिपरिषद गठन गरेका छन्। राजनीतिक तनावबीच राजापाक्षेले सोमबार मन्त्रीहरुलाई सपथ गराए। नवगठित मन्त्रिपरिषदमा अर्थ मन्त्रालयको कार्यभार राजापाक्षेले नै लिएका छन्। उनले सरथ अमुनगुमालाई विदेश मन्त्री बनाएका छन्। अघिल्लो सरकारका राष्ट्रपति सिरिसेनाका समर्थक मन्त्रीले चाहिँ पुरानै जिम्मेवारी पाएका छन्।

राष्ट्रपतिले शुक्रबार मैत्रीपाला सिरिसेनाले रनिल विक्रमासिंघेको सरकार विघटन गरेका थिए। लगत्तै उनले राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। सिरिसेनालाई संसद बैठक आह्वान गर्न दबाब बढिरहेको छ। तर उनले अक्टोबर १६ सम्मका लागि संसद निलम्बन गरेका छन्।

बर्खास्तीमा परेका रनिल विक्रमासिंघेले जतिसक्दो चाँडो संसद्को बैठक आह्वान गर्न आग्रह गरेका छन्। उनले आफूसँग अझै पनि बहुमत रहेको दाबी गरिरहेका छन्। बर्खास्तीको विरोधमा मंगलबार दशौँहजारले कोलम्बोमा प्रदर्शन गरेका छन्। बुधबारका लागि प्रदर्शन आयोजना गरिएको छ।

श्रीलंकाको कूल संसद संख्या दुई सय २५ छ। विक्रमासिंघेले एक सय २६ सांसदको हस्ताक्षरसहित तत्काल बैठक बोलाउन सभामुखसमक्ष आग्रह गरेका छन्।

सभामुख कारु जयसूर्याले संसदको आपतकालीन बैठक तत्काल नबसे मुलुकमा हिंसा फैलिनसक्ने चेतावनी दिएका छन्। कोलम्बोमा आइतबार भएको गोलीकाण्डमा एक जनाको ज्यान गएको थियो। सो काण्डमा प्रहरीले पूर्व तेलमन्त्री अर्जुना रणतुंगालाई पक्राउ गरेको थियो। श्रीलंकाली क्रिकेट टोलीका पूर्वकप्तान रणतुंगालाई जमानतमा छाडिएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ