रियल मड्रिडमाथि बार्सिलोनाको गोलबर्षा, स्वारेजको ह्याट्रिक

2018-10-29

काठमाडौँ - स्टार खेलाडीहरु लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोबिनाको एल क्लासिको भिडन्तमा बार्सिलोनाले बाजी मारेको छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको एल क्लासिको भिडन्तमा उरुग्वेका स्ट्राइकर लुइस स्वारेजको ह्याट्रिक मद्धतमा रियल मड्रिडमाथि ५–१ को जित निकालेको हो ।

क्रिस्टियानो रोनाल्डो यसै सिजन युभेन्ट्स गएपछि अग्रपंक्ति अत्यन्त कमजोर बनेको रियल मड्रिडका लागि एक मात्रै सान्तवना गोल डिफेन्डर मार्सेलोले गरे । पुरै खेल आफ्नो नियन्त्रणमा राखेको बार्सिलोनाका लागि खेलको ११ औँ मिनेटमा जोर्डी अल्बाको पासमा फिलिपे कोटिन्होले गोल गर्दै १–० को अग्रता दिलाए ।

त्यसपछि मड्रिडको डी बक्स भित्र लुइस स्वारेजलाई लडाइदिँदा भिडियो एसिस्टेन्ट रेफ्रीले पेनाल्टी दिए । त्यसलाई स्वारेजले नै गोलमा परिणत गर्दै अग्रता २–० बनाए । पहिलो हाफ २–० मा टुंगिएको अवस्थामा रियल मड्रिड दोस्रो हाफमा खेलमा फर्किने कोशिश गर्यो । उसका लागि काउन्टर एट्याकमा डिफेन्डर मार्सेलोले गोल गर्दै अग्रता २–१ मा झारे ।

तर, कुममा चोटका कारण मेसीले बेन्चमा बसेर हेरिरहेको खेलमा चम्किने पालो थियो स्वारेजको । उनले खेलको ७५ औँ मिनेटमा सर्जियो रोबर्टोको पासमा हेडबाट गोल गर्दै अग्रता फेरि ३–१ मा पुर्याए ।

बार्सिलोना यतिमै रोकिएन । उसका लागि स्वारेजले नै खेलको ८३ औँ मिनेटमा गोल गर्दै अग्रता ४–१ मा पुर्याए भने व्यक्ति ह्याट्रिक पनि गर्न सफल भए । बार्सिलोनाले फराकिलो अग्रता बनाएपछि छिन्नभिन्न भएको रियलको लाइनअपमाथि अझै दबाब बढ्यो ।

खेलको ८४ औँ मिनेटमा मैदान छिरेका अर्ट्युरो भिदालले डेम्बेलेले दिएको उत्कृष्ट क्रस हाइ बललाई शक्तिशाली हेडमार्फत जाली चुमाएपछि बार्सिलोनाले एल क्लासिकोमा ५–१ को शानदार जित निकाल्न सफल भयो ।

यो जितसँगै बार्सिलोनाले १० खेलबाट २१ अंक जोड्दै लिगको पहिलो स्थानमा कायमै छ । पराजित रियल भने १० खेलबाट १४ अंकसहित लिगको नवौँ स्थानमा खुम्चिन बाध्य भएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ