नेपाल साफ यु-१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

2018-10-28

काठमाडाैं - नेपाल काठमाडौंमा जारी साफ यु–१५ फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। शनिबार सातदोबाटो स्थित एन्फा मैदानमा सम्पन्न समुह ए को खेलमा बंगलादेशले माल्दिभ्सलाई पराजित गरेपछि नेपाल आफ्नो समुह चरणको एक खेल अगावै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको हो।

माल्दिभ्स भने समुह चरणमा खेलेका दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट वाहिरिएको छ। नेपालले यसअघि आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले पराजित गरेको थियो। शनिबारको खेलमा समेत माल्दिभ्स बंगलादेशसँग पराजित हुन पुग्दा समुह ए बाट नेपाल र बंगलादेश सेमिफाइनल प्रवेश गरेका हुन्। बंगलादेशले माल्दिभ्सलाई ९–० ले पराजित गर्यो। समुह ए को अन्तिम खेलमा आयोजक नेपाल र बंगलादेशबीचको खेल आगामी सोमबार हुनेछ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ