सीबीआईको कार्यालय बाहिरबाट किन गरियो राहुल गान्धीलाई गिरफ्तार ?

2018-10-27

नयाँदिल्ली - घूसकाण्डबाट सुरु भएको भारतीय केन्द्रीय जाँच ब्यूरोको विवादले राजनीतिक रुप लिएको छ। विवादले राजनीतिक रुप लिएसँगै भारतीय प्रहरीले प्रमुख प्रतिपक्षी दल आई कांग्रेसका अध्यक्ष राहुल गान्धीलाई सीबीआईको कार्यालय अगाडिबाट गिरफ्तार गरेको छ।

कांग्रेस अध्यक्ष राहुल गान्धीको अगुवाईमा विपक्षी पार्टीले सीबीआई कार्यालय अगाडि प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको हो । राहुल गान्धीसँगै प्रहरीले अशोक गहलोत, प्रमोद तिवारीसमेत अन्य कांग्रेस नेतालई पनि गिरफ्तार गरेको छ ।

राहुल गान्धीको अगुवाईमा कांग्रेसको प्रदर्शन दयाल सिंह कलेजबाट सुरु भएर सीबीआई भवनसम्म पुगेको थियो । राहुल गान्धीले लोधी रोड पुलिस स्टेशनमा आफ्नो गिरफ्तारी दिएका हुन् । यस प्रदर्शनमा राहुल गान्धीसँगै विपक्षी पार्टीका कयौँ नेता सहभागी थिए । जसमा शरद यादव, डी राजा, तृणमूल कांग्रेसका पनि सहभागी थिए ।

लोधी रोड पुलिस स्टेशनबाट निस्किएपछि राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले राफेल खरिद सम्झौता चोरी गरेको आरोप लगाएका छन् । यो कुरा पुरा देशले थाहा पाइसकेको बताउँदै गन्धीले प्रधानमन्त्रीले अब भागेर जाने ठाउँ नरहेको उनले जिकिर गरे । उनले आफूलाई जति पटक गिरफ्तार गरे पनि कुनै फरक नपर्ने पनि बताएका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ