अमेरिकाले परमाणु हतियार बनाए आफुले पनि बनाउने रसियाको चेतावनी

2018-10-23

काठमाडौं - अमेरिकाले परमाणु हतियार बनाउने चेतावनी दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनलाई दबाव दिन परमाणु हतियारबाट अमेरिकालाई मजबुत बनाउने चेतावनी दिएका हुन् ।

पत्रकारहरुसँग ट्रम्पले भने, ‘अमेरिकाले हतियार बनाउने छ जबसम्म मानिसहरुलाई होस आउँदैन ।’

उनले भने, ‘यो धम्की हो । तपाईंले जोसुकैलाई यसमा जोड्न सक्नु हुन्छ, चाहे चीन होस् चाहे रुस । यसमा सबै आउने छन्, जो खेल खेल्न चाहन्छन्, सम्झौतालाई पालना गर्दैनन् ।’

रुसले १९८७ मा भएको मध्यम दुरीको मिसाइलमा प्रतिवन्ध लगाउने सन्धिको उल्लंघन गरेको ट्रम्पले दोहोर्‍याए । यद्यपि, रुसले त्यसको खण्डन गर्दै आएको छ ।

शीतयुद्धको बेला भएको यो सन्धिले यूरोपिय देशमा तत्कालीन सोभियत संघ (हालको रुस)मा खतरा कम गर्नका लागि लागू गरिएको थियो ।

अमेरिकाले हतियार बनाएमा आफूले पनि बनाउने चेतावनी रुसले दिएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ