चीनले बनायो समुद्रमाथि विश्वकै लामो पुल (फोटोफिचर)

2018-10-23

एजेन्सी - चीनले समुन्द्रमाथि विश्वकै सबैभन्दा लामो पुल बनाएको छ । यो पुल चीनले नौ वर्ष लगाएर निर्माण गरेको हो । सो पुको आउँदो बुधबार उद्घाटन हुँदैछ ।

५५ किलोमिटर लामो हङकङ–झुहाई–मकाउ पुल आउँदो बुधबारबाट सर्वसाधारणका लागि खुला गरिँदैछ । यो पुलले मेनल्याण्ड चीनमा रहेको झुहाई शहरलाई हङकङ र मकाउसँग जोड्नेछ ।

यो पुल समुद्रमाथि र समुद्रमुनि सुरुङसहित तयार पारिएको छ । समुद्रमाथि २२.९ किलोमिटर र समुद्रमुनि ६.७ किलोमिटर लम्बाई रहेको छ । पुलको बाँकी भाग जमिनमाथि नै बनाइएको छ । सुरुङको दुवैतर्फ कृत्रिम द्वीप बनाइएको छ ।

यो पुल बनाउन ४ लाख टन स्टील प्रयोग भएको बताइएको छ । यो पुलले ८ रेक्टर स्केलसम्मको भूकम्पलाई सजिलै प्रतिरोध गर्न सक्नेछ । पुल बन्नुभन्दा पहिले हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट झुआई जान चार घण्टा लाग्दथ्यो । अब भने यो यात्रा ४५ मिनेटमै पूरा गर्न सकिने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

कतिपयले यो पुलको निर्माणलाई महत्वाकांक्षी बताए पनि कतिपयले भने चीनले हङकङ र मकाउमाथि आफ्नो नियन्त्रण भएको राजनीतिक सन्देश दिन चाहेको पनि बताएका छन् । यो पुल बनाउन १२० अरब युआन झण्डै १७ अरब अमेरिकी डलर खर्च भएको बताइएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ