उडिसामा भयानक आँधी, २१ जनाले ज्यान गुमाए

2018-10-14

नयाँदिल्ली- भारतको उडिसा राज्यमा आएको चक्रवात (आँधी) मा परी २१ जनाको मृत्यु भएको छ । अत्यधिक वर्षा र त्यसपछिको बाढीसँगै आएको चक्रवातमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले शनिबार जानकारी दिएका हुन् ।

उडिसा राज्यको गाजापाटी, नयागार्ह, कान्धामाल, कुत्ताक, केन्झार र अङगुल जिल्ला प्रभावित भएको छ । गत बिहीबारदेखि शुरु भएको यस प्रकोपमा परी शनिबार सम्ममा २१ व्यक्तिको मृत्यु भएको छ ।

चक्रवातको कारण उडिसा राज्यका धेरै ठाउँमा नराम्ररी प्रभाव पारेको र त्यसमा पनि गाजापाटीमा सवै भन्दा धेरै प्रभावित भएको बताइएको छ । गाजापाटीमा १५ जनाको मृत्यु भएको एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।

गाजापाटी जिल्लाको बाराघारा गाउँमा रहेको एउटा शिविरमा बसेका २२ जना मध्ये १५ जनाको मृत्यु भएको बताइएको छ । शिविरमै रहेका मध्ये अरु चार जना हराइरहेका छन् ।
त्यसैगरी नायागार्हमा दुई जनाको र कान्धामाल, कुत्ताक, केन्झार र अङगुल जिल्लामा एक एक जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

उडिसासँगै छिमेकी राज्य आन्ध्र प्रदेशमा पनि चक्रवातले असर गरेको अधिकारीहरुले जानकारी दिएका छन् । रासस




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ