तालिबानहरुले अमेरिकी दूत भेटेको पुष्टि

2018-10-14

काबुल - तालिबानहरुले अफगानिस्तानमा जारी हिंसाको अन्त्यका लागि आवश्यक शान्ति वार्ता गर्न अमेरिकी दूतलाई भेटेको खुलेको छ ।

उनीहरुका प्रतिनिधिले शुक्रबार औपचारिक रुपमा कतारमा अमेरिकी दूतसँग भेटवार्ता गरेको सो संगठनले एक विज्ञप्तिमार्फत पुष्टि गरेको हो ।

यसअघि उनीहरुले सो भेटवार्ता भएको भन्ने बारेमा अस्वीकार गरेको भएपनि शनिबार भने उनीहरुले अमेरिकी दूतसँग कतारमा भेटावार्ता गरेको भनी आफ्नो आधिकारिक वेबसाइटमार्फत पुष्टि गरेका समाचारमा जनाइएको छ । तालिबान संगठनका तर्फबाट खलिलजाद र अमेरिकी एकजना अधिकारीबीच कतारमा शुक्रबार भेटवार्ता भएको तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले जानकारी दिएका छन् । प्रवक्ता मुजाहिदले पत्रकारका लागि भन्दै जारी गरेको विज्ञप्तिमा सो कुराको जानकारी गराइएको हो ।

साथै यही भेटघाटपछि नै यसअघि पनि तालिबानका प्रतिनिधिले गएको जुलाई महिनामा अमेरिकी दूतसँग बारम्बार भेटवार्ता गरेको खुलेको छ । गएको जुन महिनामा तालिबानहरुले अफगानिस्तानको सरकारसमक्ष युद्धविराम गरेका थिए । उनीहरुको युद्धविरामपछि अमेरिकी सरकारले पनि युद्धविरामको घोषणा गरेको थियो ।

सो घोषणापछि अमेरिकी प्रस्तावमा शान्तिवार्ताका लागि तालिबानका प्रतिनिधिले अमेरिकी दूतसँग भेटवार्ता गरेका बताइएको थियो । तर सो समयमा अमेरिकी दूतले अफगान सरकार र तालिबानबीच वार्ता गराउनका लागि गरेको भनिएको पहल सार्थक हुन सकेको थिएन ।

अमेरिकाले गरेको सो वार्ताको प्रस्ताव र प्रयासकै बीचमा यता अफगानिस्तानमा तालिबान र अर्को आतंककारी समूह इस्लामिक स्टेटले भीषण हमलाहरु सुरु गरेका थिए ।

सो हमलापछि भने वार्ताको पहल रोकिएको थियो । त्यसपछि अफगान राष्ट्रपतिले पनि वार्ताका लागि तालिबानहरुसँग बारम्बार आह्वान गरेका थिए । शुक्रबार भएको सो वार्ताको बारेमा अमेरिकाले भने केही प्रतिक्रिया दिन चाहेन । काबुलमा रहेको अमेरिकी दूतावासले यस विषयमा कुनै प्रतिक्रिया दिन नचाहेको बताइएको छ ।

 


कान्तिपुर




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ