नेकपाले कार्तिक १० गते चियापान गर्ने

2018-10-13

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय पर्वहरूको अवसरमा आगामी १० कात्तिकमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । दसैँ, तिहार, छठ, नेपाल सम्बतलगायत पर्वका अवसरमा चियापान आयोजना गरिएको महासचिव विष्णु पौडेलले बताए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, प्रशासनिक र सुरक्षा अंग, नागरिक समाज, विभिन्न पेसा–व्यवसायमा आबद्ध व्यक्तित्वहरू, उद्योगी–व्यवसायीलाई निम्ता दिन नेकपाले ३० हजार कार्ड छापेको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रले हरेक वर्ष छुट्टाछुट्टै चियापान कार्यक्रम आयोजना गर्दै आएका थिए । तत्कालीन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री मनमोहन अधिकारीले ०५१ सालबाट सुरु गरेको चियापानलाई एमालेले हरेक वर्ष दसैँको पूर्णिमाको भोलिपल्ट निरन्तरता दिँदै आएको थियो भने माओवादीले ०६४ पछि हरेक वर्ष तिहारको अवसरमा चियापान गर्दै आएको थियो । नेकपाले पुरानै निरन्तरतास्वरूप चियापान आयोजना गरिएको जनाएको छ ।

 

नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ