शेयरबजारमा सुधार

2018-10-11

काठमाडौँ - नेपाल धितोपत्र बजारमा बिहीबार शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ९ दशमलव ९५ बिन्दुले बढेर एक हजार २२८ दशमलब २८ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २ दशमलब ३६ बिन्दुले बढेर २६१ दशमलब ४ बिन्दुमा पुगेको छ ।

नेप्से परिसूचकमा वृद्धि भए पनि कारोवार रकममा भने उल्लेख्य वृद्धि हुन सकेन । कूल १६५ कम्पनीको आठ ६२ हजार ३६८ कित्ता शेयर रु २५ करोड २२ लाख ९१ हजार ५४० मूल्य बराबरको शेयर कारोवार भएको छ ।

बिहीबार कूल १० उपसमूहको शेयर कारोबार भएकोमा दुई उपसमूहको शेयर कारोवारमा भने घटेको छ ।

होटल ३५ दशमलब ३८ र उत्पादन समूह १२ दशमलब ४३ बिन्दुले घटेको छ । यस्तै बैंकिङ १२ दशमलब २७, विकास बैंक ११ दशमलब ८८, जलविद्युत् १ दशमलब ९४, वित्त ५ दशमलब ७२, निर्जीवन बीमा ४९ दशमलब ४३, अन्य ५ दशमलब ३२, माइक्रोफाइनान्स ९ दशमलब ६ र जीवन बीमा ७ दशमलब ७७ बिन्दुले बढेको छ । रासस




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ