विश्वकप छनोट : नेपालले भुटानलाई एक सय १७ रनले हरायो

2018-10-09

एजेन्सी - आईसीसी टी–२० विश्वकप अन्तर्गत एसिया उपक्षेत्रीय छनोटमा नेपालले लगातार चौथो जित निकालको छ । आज भएको खेलमा नेपालले भुटानलाई एक सय १७ रनले पराजित गर्‍याे ।

युकेएम ओभल मैदानमा जारी खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा चार विकेट गुमाउदै एक सय ५० रन बनायो । नेपालले ६ रन हुँदा पहिलो विकेट गुमायो । दोस्रो विकेटका लागि अनिल शाह र प्रदिप ऐरी विच ६६ रनको साझेदारी हुँदा नेपालले खेलमा पकड बनायो । तर अनिल २७ रनमा आउट हुँदा नेपालले दोस्रो विकेट गुमायो ।

नेपालको स्कोर एक सय पाँच रन हुँदा तेस्रो विकेट झर्यो । आरिफ शेख १३ रनमा आउट हुन पुगे । दिपेन्द्र ऐरी र प्रदिप ऐरीले अविजीत ७५ रन बनाए भने करण केसीले ११ रनको योगदान गरे ।

जवाफमा नेपाली दुई स्पिनरको अगाडि कमजोर देखिएको भुटान १६ ओभर चार बलमा ३३ रनमा अलआउट भयो । नेपालले भुटानको स्कोरबोर्डमा एक रन पनि नहुदा दुई विकेट लियो । भुटानको स्कोर नौ रन हुँदा ६ विकेट झर्यो ।

ललितले चार ओभरमा चार रन खर्चिदै तीन विकेट लिए भने सन्दिपले चार ओभरमा ६ रन खर्चिए । दवैले दुई–दुई ओभर मेडेन राखेका थिए । भुटानका एक खेलाडीले मात्र दोहोरो अंक जोड्दा बाँकि खेलाडी एकपछि अर्को रुपमा आउट भए ।

नेपालका लागि बसन्त रेग्मीले दुई तथा दिपेन्द्र ऐरी र शरद भेषवाकरले एक–एक विकेट लिए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ