नेविसंघमा ३२ वर्षे उमेरहद, को-को असन्तुष्ट ?

2018-10-08

काठमाडौँ - नेविसंघमा ३२ वर्षे उमेरहद कायम भएको छ । विधान र नियमावलीको अन्तिम टुंगो लगाउन सिफारिस गर्दा नेविसंघको नेतृत्वले ३२ वर्षे उमेरहद हटाउन प्रस्ताव गरे पनि पार्टी नेतृत्वले पहिलेकै व्यवस्थाअनुसार ३२ वर्षे उमेरहद कायम नै रहने निर्णय गरेको छ । अब नेविसंघमा ३२ वर्ष कटेका कुनै पनि नेताले महाधिवेशनमा प्रतिस्पर्धा गर्न पाउनेछैनन् ।

आइतबार दिउँसो ४ बजेदेखि राति साढे १० बजेसम्म बसेको केन्द्रीय समितिको बैठकले नेविसंघको १२औँ महाधिवेशन उमेरहद लगाएरै गर्ने निर्णय गरेको हो । ३२ वर्षे उमेरहद लगाउने वा नलगाउने भन्नेमा नेताहरूबीच मत बाझिँदा मध्यरातसम्म छलफल लम्बिएको थियो । केही दिन छलफल गरेर मात्र विधानको टुंगो लगाउने कि आइतबारै टुंग्याउने भन्नेमा नेताहरूबीच मत बाझिएको थियो ।


पौडेल र सिटौला पक्षले नेविसंघको विधानमा पर्याप्त छलफल गर्न माग गरेका थिए । रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीले विधानमा पर्याप्त छलफल गर्न नपाएको भन्दै बैठकको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेको नेविसंघका पूर्वसभापतिसमेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । डा. महतलाई नेविसंघका विषयमा सामान्य समन्वय गर्न जिम्मेवारी दिए पनि उनले मनोमानी गरेको आरोप अर्को पक्षको छ ।

महाधिवेशनको अन्योल कायमै
झन्डै एक महिनाअघि नेविसंघले ३२ वर्षे उमेरहद हटाउनुपर्नेसहितका वैधानिक व्यवस्था पारित गर्नका लागि पार्टी नेतृत्वलाई बुझाए पनि ढिलो गरी उमेरहदको विषय पार्टीले टुंग्याइदिएको छ । तर, समयमा निर्णय नहुँदा तल्लो तहका अधिवेशन प्रभावित भइसकेका छन् । यस्तोमा नेविसंघको महाधिवेशनका विषयमा थप निर्णय गर्न आगमी २५ असोजमा केन्द्रीय समितिको बैठक पुनः डाकिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

आइतबारको बैठकमा ३३ केन्द्रीय सदस्यले बोलेका थिए । नेविसंघको १२औँ महाधिवेशन १६ कात्तिकदेखि तोकिएको छ । तर, समयमा विधान नटुंगिँदा तल्लो तहका अधिवेशन प्रभावित भइसकेका छन् । यसकारण अब निर्धारित समयमा महाधिवेशन हुने सम्भावना कम छ ।

नेविसंघबाटै उमेरहद लगाउन माग
यसअघि नेविसंघले ३२ वर्षे उमेरहद लगाउन माग गरे पनि आइतबार केन्द्रीय समितिको बैठक बस्नुअघि महामन्त्री आनन्द त्रिपाठी, प्रवक्ता प्रेम जोशी, सहमहामन्त्री साधना घिमिरेसहितका नेताले उमेरहद कायम गरेर महाधिवेशन गर्न माग गर्दै पार्टीलाई ज्ञापनपत्र बुझाएका थिए । यसअघि ११औँ महाधिवेशनमा लागू नगर्ने र १२औँबाट नेविसंघमा उम्मेदवार हुन ३२ वर्षे उमेरहद लगाउने गरी वैधानिक व्यवस्था भए पनि नेविसंघको नेतृत्वले मनोमानी गर्दै हटाउने प्रस्ताव गरेकोमा असन्तुष्ट नेताहरूले विरोध गर्दै सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका थिए ।

बुढीगण्डकी चिनियाँ कम्पनीलाई दिएकोमा विरोध
कांग्रेस बैठकले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न चिनियाँ कम्पनीलाई दिने सरकारी निर्णयको विरोध गरेको छ । अध्ययन कार्यदल बनाएर आफैँ बनाउन भन्दै अर्बौं रुपैयाँ उठाइसकिए पनि विनाप्रतिस्पर्धा चिनियाँ कम्पनी गेजुवालाई दिएकोमा कांग्रेसले विरोध गरेको हो । साथै, महालेखाको कार्यालयले वाइडबडी विमान खरिदमा घोटाला भएको उल्लेख गरेकाले त्यसको अध्ययन गरी सार्वजनिक गर्न पनि कांग्रेसले माग गरेको छ ।

 

नया पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ