विश्वकप छनोंट : नेपालले थाइल्याण्डलाई दियो १७३ रनको चुनौती

2018-10-07

काठमाडौँ - आईसीसी टी–ट्वान्टी विश्वकप छनोंटमा थाइल्याण्डलाई नेपालले १७३ रनको चुनौती दिएको छ । मलेसियाको बायुमास ओभल मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको छ । अन्तिम ओभरमा नेपालका करन केसीले लगातार ३ छक्का प्रहार गरे पछि नेपालको इनिङ उकासेका थिए ।

ओपनिङमा आएका अनिल साह र विनोद भण्डारी तथा दीपेन्द्रसिंंह ऐरी सस्तैमा आउट भए । अनिल साह २५ रन बनाएर आउट हुँदा विनोद भण्डारी १५ रनमा पेभेलियन फर्किए ।

२८ रन बनाएका बेला विनोद भण्डारीलाई गुमाएको नेपालले ५४ रनको स्कोर हुँदा अनिल साहलाई गुमाएको थियो । त्यसपछि शरद भेषावकर र दीपेन्द्रसिंह ऐरीले नेपालको पारी अगाडी बढाएका थिए । तर दिपेन्द्रसिंह ऐरी नेपालको ९९ रन भएका बेला व्यक्तिगत ३० रनमा आउट भएका थिए ।

त्यसपछि क्रिजमा आएका आरिफ शेख व्यक्तिगत ८ रन बनाउँदै आउट भए । नेपालले ११२ रन हुँदा ४ विकेट गुमाएपछि कप्तान पारस खड्का मैदान आएका थिए ।

तर ११५ रन हुँदा शरद ३४ रन बनाउँदै आउट भएका थिए । १२१ रनहुँदा नेपालका पारस खड्का ५ रनमा आउट भएका थिए । त्यसपछि १२८ रन हुँदा ज्ञानेन्द्र मल्ल ७ रन बनाएर आउट भएका थिए ।

त्यसपछि मैदान आएका करन केसीले विस्फोटक ब्याटिङ गर्दै नेपाललाई बलियो स्कोरमा पुर्याएका थिए । अन्तिम ओभरमा लगातार ३ छक्का प्रहार गरेका करनले समग्रमा १४ बल खेल्दै ४० रनमा नट आउट रहे । यसैगरी सोमपाल कामी पनि ४ रनमा नट आउट रहे । थाइल्याण्डका पायुपुठ संग्राडले सर्वाधिक ४ विकेट लिएका थिए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ