मेसीको शानदार प्रदर्शनसंगै टोटनह्याम ४-२ ले पराजित

2018-10-04

एजेन्सी - जारी च्याम्पियन्स लिग फुटबलमा बुधबार राति भएको स्पेनिस क्लब बार्सिलोना विजयी भएको छ । लियोनल मेसीको कप्तानीमा रहेको बार्सिलोनाले इंग्लिस क्लब टोटनह्यामलाई ४-२ को हराउँदै विजयी भएको हो ।

समूह बी अन्तर्गतको खेलमा बार्सिलोनाले माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामलाई उसकै मैदानमा निराश पारेको हो । बार्सिलोनाले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा दुई गोल गरेको हो । टोटनह्यामले दोस्रो हाफमा दुई गोल फर्काए पनि हार टार्न सकेन ।

बार्सिलोनाका लागि दोस्रो मिनेटमा नै फिलिप कोन्टिन्होले गोल गर्दै सुरुवाति अग्रता दिलाए । २८ औं मिनेटमा इभान रेकिटिकले गोल गरेपछि पहिलो हाफमा स्पेनिस क्लबले २-० को अग्रता लियो ।

दोस्रो हाफमा टोटनह्यामले खेलमा फर्किने संकेत गर्यो । उसका लागि ५२ औं मिनेटमा ह्यारी केनले गोल फर्काए । तर त्यसको चार मिनेटपछि बार्सिलोनाका कप्तान मेस्सीले गोल गरे ।

६६ औं मिनेटमा एरिक लामेलाले टोटनह्यामका लागि गोल गरेपछि खेलमा बार्सिलोनाको अग्रता ३-२ को अवस्थामा पुग्यो । तर ९० औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ४-२ को जित पक्का गरेको हो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ