यू-१९ एसिया कपका खेल्ने नेपाली टोलीको घोषणा (सुचिसहित)

2018-09-26

काठमाडौं - यसै महिना आयोजना हुने एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि मंगलबार १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ। प्रतियोगिता असोज १३ देखि २१ गतेसम्म बंगलादेशमा आयोजना हुँदैछ। महमद आसिफ शेखको कप्तानीमा घोषित नेपाली टोलीको उपकप्तानमा कमलसिंह ऐरी रहेका छन्।

घोषित टोलीमा रोहितकुमार पौडेल, रवि शाह, नन्दन यादव, रीत गौतम, पवन सर्राफ, रवीन्द्रजंग शाही र रसिद खानलाई समावेश गरिएको छ। यसैगरी भीम सार्की, तृतराज दास, सन्दीप जोरा, सागर ढकाल, अरुण ऐरी र सूर्य तामाङले पनि टोलीमा स्थान पाएका छन्। नेपाली टोलीको प्रमुख प्रशिक्षकमा विनोदकुमार दास र सहायक प्रशिक्षकमा मनोज कटुवाल रहेका छन्।

यसैगरी व्यवस्थापकको भूमिका शक्ति गौचनले निर्वाह गर्नेछन् भने फिजियोको भूमिकामा विक्रम न्यौपाने रहेका छन्। यू-१९ टोलीका प्रमुख प्रशिक्षक दासको नेतृत्वमा रहेको छनोट समितिले टोलीको चयन गरेको हो। छनोट समितिको सदस्यमा सुनोज भट्टराई र राजु खड्का रहेका थिए। प्रतियोगितामा सहभागी हुन नेपाली टोली असोज ११ गते बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ