ओएसिस बास्केटबल कप : फाइनल उपाधि होप भ्यालीले उचाल्यो !

2018-09-24

ललितपुर - ओएसिस स्कुलको आयोजनामा उपत्यकाका बिद्यालय स्तरिय बास्केटबल प्रतियोगिताको फाइनलको उपाधि होप भ्याली स्कुलले उचालेको छ । प्रतिद्वन्दी विल्सन एकेडेमी मात्र ३ अंकको अन्तरले स्तब्ध हुन पुग्यो । होप भ्यालीले ५३ स्कोर गर्दा विल्सन एकेडेमीले ५० स्कोर गर्यो ।

ओएसिस स्कुलको कोर्टमा भएको प्रतियोगितामा होप भ्यालीले जित्दा हाइएस्ट स्कोर भने उपविजेता विल्सम एकेडेमीका पेम्बा लामाले गरे । त्यस्तै मोस्ट भ्यालुएबल प्लेयर होप भ्यालीका सिजन महत बन्न सफल भए । त्यस्तै, फेयर प्लेयर अवार्ड्स इरिक एकेडेमीले प्राप्त गर्यो ।

त्यस्तै, गर्ल्स समुह अन्तर्गत भएको फाइनल खेलमा एलआरआइलाइ हराउंदै रातो बंगलाले उपाधि उचाल्न सफल भयो । हाइएस्ट स्कोर भने उपविजेता एलआरआइकी सोनिया रानाले गरिन । त्यस्तै, गर्ल्स तर्फको मोस्ट भ्यालुएबल प्लेयर रातो बंगलाकी श्रेयसि राना भइन । त्यस्तै, गर्ल्स तर्फको फेयर प्ले अवार्ड ग्रामर पुब्लिक स्कुलले उचाल्यो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ