पार्टीको नेतृत्व लिन तयार छु - शशांक काेइराला

2018-09-23

नवलपरासी - नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोेइराला पार्टी महाधिवेशनको लागि देश दौडाहामा छन् । यस क्रममा उनले पार्टीको नेतृत्व सम्हाल्न तयार रहेको बताएका छन् । तर घोषणा गर्न बाँकी रहेकाे छ।

नेपाल प्रेस युनियन नवलपुरको दशौं जिल्ला अधिवेशनको उद्घाटन गर्न शनिबार पूर्वी नवलपरासीको कावासोती पुगेका कोइरालाले महाधिवेशनको प्रसंग कोट्याउँदै आफू पार्टी नेतृ्त्वको लागि तयार भएको बताएका हुन् ।

कोइरालाले साथीहरुकै भावना अनुसार अघि बढ्ने बताएका छन् । ‘महाधिवेशन आउन केही सयम छ, अहिले नै सबै कुरा खुलस्त भनि नहालौं, म तपाईँहरुलाई समयमै सूचना दिएर आफ्ना कुरा राख्ने छु । त्यतिञ्जेलसम्मका लागि धैर्य गर्नुस्,’ कोइरालाले भने ।

अर्को प्रसंगमा उनले प्रजातन्त्रप्रति बिपी कोइरालाको संघर्षको प्रसंग कोट्याउँदै नेपाली कांग्रेस प्रेस स्वतन्त्रताको पक्षमा सधैँ रहने बताए । साथै प्रेस जगतलाई कुण्ठित गर्न खोजिए त्यस बिरुद्ध कांग्रेसले सडक र सदन दुवै स्थानबाट प्रेस स्वतन्त्रताको पक्षमा आन्दोलन गर्ने प्रतिबद्धता देखाएका छन्।

 


अन्नपुर्ण




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ