त्रिभुुवन विश्वविद्यालयकाे बजेट २१ अर्ब १० करोड

2018-09-19

काठमाडौं – त्रिभुुवन विश्वविद्यालय सभाको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि २१ अर्ब १० करोड ८० लाख १३ हजार रुपैयाँको बजेट पारित गरेको छ ।

मङ्गलबार बसेको त्रिविसभाको बैठकले ११ अर्ब ३१ करोड ७३ लाख ८५ हजार रुपैयाँ नेपाल सरकारबाट अनुदानका रूपमा माग गर्ने र बाँकी नौ अर्ब ७९ करोड ६ लाख २८ हजार रुपैयाँ आन्तरिक स्रोतबाट व्यहोर्ने प्रस्ताव पारित गरिएको रजिस्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिनुभयो ।

उहाँले उक्त बजेट पूर्वाधार निर्माण, सेमेस्टर प्रणालीको सुदृढीकरण, शिक्षण क्रियाकलापमा प्रविधि प्रयोगको विस्तार, अनुसन्धान, प्राविधिक शिक्षाको विस्तार र पाठ्यक्रम परिमार्जनमा खर्च गरिने बताउनुभयो । सभामा प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी शर्मा ओलीले बजेट जुन क्षेत्रमा पनि न्यून रहेको भन्दै त्रिविलाई आफ्नो स्रोत र साधन अनुकूल आफ्ना नीति कार्यक्रम निर्धारण गरी सञ्चालन गर्न सुझाव दिनुभयो ।

त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियाँले विकासका लागि त्रिवि भिजन २०३० तयार गरी कार्यान्वयन गर्न लागिएको भन्दै सम्पूर्ण अध्ययन संस्थान, सङ्काय, केन्द्रीय विभाग तथा आङ्गिक क्याम्पसलाई उत्कृष्ट केन्द्रका रुपमा विकास गर्ने बताउनुभयो । सभाले त्रिवि कार्यकारी परिषद्को सदस्यमा वनस्पतिशास्त्रका प्रा डा मोहनप्रसाद पन्थी र शिक्षाशास्त्र सङ्कायका डिन प्रा डा कृष्णप्रसाद गौतमको नामसमेत अनुमोदन गरेको छ ।

आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) का कार्यकारी निर्देशक डा अरुण ठाकुर, सामुदायिक क्याम्पस सङ्घका सभापति भोलानाथ ओझा, जनप्रशासन क्याम्पसका स्ववियु सभापति पङ्कज क्षत्री, नेपाल प्राध्यापक सङ्घका सभापति रामेश्वर उपाध्याय, नेपाल र एशियाली अनुसन्धान केन्द्र (सिनास) का कार्यकारी निर्देशक डा मिर्गेन्द्रबहादुर कार्की, पूर्व शिक्षाध्यक्ष प्रा डा राममान श्रेष्ठलगायतले त्रिविको बजेट बढाउनुपर्नेमा जोड दिनुभयो । रासस




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ