अफगानिस्तानसँग नेपालको ७१ रनको हार, गुम्यो तेस्रो स्थान

2018-09-18

काठमाडौं - भारतमा भइरहेको यु-१९ चतुष्कोणीय एक-दिवसीय शृंखला अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा नेपालले अफगानिस्तान सँग ७१ रनको पराजय व्यहोरेको छ ।

अफगानिस्तानले दिएको २४५ रन्को लक्ष पछ्याउने क्रममा नेपालका कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । नेपालको ब्याटिङ स्क्वाडले ४५.१ ओभरमा १७३ रनमै चित्त बुझायो । नेपालको तर्फबाट आसिफ सेख र लोकेश बमले सर्वाधिक २५-२५ रनको योगदान गरे बाँकी ब्याट्सम्यानहरू सस्तैमा प्याभेलियन फर्किएका कारण नेपाललाई यो लक्ष पहाड जत्रै साबित भएको थियो ।

नेपालका तर्फबाट अन्य ब्याट्सम्यानमा अरुण ऐरी २४, पवन सर्राफ २३, सन्दीप जोरा १८, भिम सार्कीले १६ रन जोडेका थिए । त्यस्तै रित गौतम १४, समसाद आलम १२, कमल ऐरी ११ रनको व्यक्तिगत स्कोरमा आउट भए । ४ रङ बनाएका राशिद खान अविजित रहे भने २ बल खेलेका सागर ढकालले खाता समेत खोलेनन् ।

अफगानिस्तानको तर्फबाट रियाज हसनले सर्वाधिक विकेट झारे । ९ ओभर बलिङ गरेका हसनले ४२ रन खर्चेर ४ नेपालि खेलाडीहरूलाई प्याभेलियन फर्काएका थिए । त्यस्तै रिजवानुल्लाह मुरादले २ र अब्दुल रहमानी, आरिफ दौलतजाई, जाकिउल्लाह सुल्तानी र एजाज अहमद मेहरानले १-१ विकेट लिएका थिए ।

टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ८ विकेटको क्षतिमा २४५ रनको लक्ष्य दिएको छ । अफगानिस्तानमा ब्याटस्म्यान रियाज हसनले १२ वटा चौका र १ छक्काको मद्दतले १४९ बलमा ११७ रन बनाएर अविजित अवस्थामा रहे ।

त्यस्तै बसिर सिर ले ३२ र आरिफ दौलतजाईले २४ रनको योगदान गरेका थिए । नेपालको बलिङ ठीकठाक निस्के पनि रियाज हसनको आक्रामक ब्याटिङ खलनायक बनिदिएपछि प्रतियोगिताको तेस्रोस्थानमा कब्जा गर्ने नेपालको सपना पूरा हुन सकेन ।

नेपालका बलरहरूमा पवन सर्राफ, सागर ढकाल र शम्साद आलमले २-२ विकेट लिए भने राशिद खानले १२ विकेट लिएका थिए । खेल लखनउ स्थित एकाना क्रिकेट मैदान ‘बि’ मा सञ्चालन भइरहेको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ