पोर्चुगल २८-० ले विजयी !

2018-09-18

एजेन्सी - पोर्चुगलमा महिला फुटबलको दोस्रो डिभिजन लिग अन्तर्गत सोमबार भएको खेलमा बेन्फिकाको महिला टिमले २८ गोल गरेको छ ।

दोस्रो डिभिजनको लिगमा डेब्यु गरेको बेन्फिका टिमले पोन्टे डी फेयरलेसलाई २८-० ले हराएको हो। बेन्फिकाले २८ गोल गर्दासम्म पोन्टेले एक गोल पनि फर्काउन सकेन ।

दोस्रो मिनेटबाट गोल गर्न सुरु गरेको बेन्फिकाले पहिलो हाफमा १६-० को अग्रता लियो । दोस्रो हाफमा थप १२ गोल भयो । बेन्फिकाका ९ खेलाडीले गोल गरे । बेन्फिकाले महिला टिम सन् २०१७ को अन्त्यतिर गठन गरेको हो । तर नयाँ टिम भएकाले उसले दोस्रो डिभिजनमा प्रतिस्पर्धा गर्नु परेको हो ।

गएको अप्रिलमा क्लबमा अनुबन्धित भएकी डार्लेनी डी सुजा एक्लैले ८ गोल गरिन् । पोर्चुगलको फुटबल इतिहासमा सिनियर स्तरको खेलमा यो सबै भन्दा फराकिलो जित हो । यसअघि सन् १९७१ मा पोर्चुगिज कपमा स्पोर्टिङ्गले २१-० को जित निकालेको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ