2018-09-17 |
भन्छन - मान्छेको मानसिकता उसको विरासतको इतिहास, आफ्नो वर्तमान र उसको सेरोफेरोले उसलाई गर्ने ब्यबहारले तय हुन्छ । उसले समाज समक्ष प्रस्तुत गर्ने ब्यबहार यी तिन चिजको समिश्रण बाट तय हुन्छ । यो एउटा चेन जस्तै हो । जब यो बिचमा कुनै खराबी आउँछ यो फंक्सनलेस बन्न पुग्दछ । यसैको शिकार बनेका छन् नाटकका प्रधान पात्र 'माउजंग बाबु' ।
राणा शासनका एक विर्तावल माउजंग बाबु बि.सं. २००७ सालमा राणा शासनको च्युत भएसंगै सत्ता र शक्तिको बागडोर राजामा स्थानान्तरण हुन पुग्दछ । सत्ताच्युतसंगै राणाकालिन शासकहरुले राज्य ब्यबस्थाबाट भोगचलन गर्दै आएका सबैखाले सुखसयल तथा सुविधाहरु खोसिन्छन । हात खालि भएका राणाकालिन शासकहरुको वर्तमानमा कायापलट भएसंगै समाजले उनीहरुप्रति दर्शाउने ब्यबहार समेत परिवर्तन हुन पुग्छ तर उनीहरुले समाजप्रति दर्शाउने ब्यबहारमा भने परिवर्तन आउन सक्दैन ।
भनिन्छ - 'जता शक्ति उतै भक्ति' । समाजले गर्ने 'भक्ति' राणाबाट बसाइ सरि राजतन्त्रात्मक ब्यबस्थामा पुग्छ । हिजो उनीहरुले समाजबाट प्राप्त गर्दै आएको मान-सम्मान, हरुवा-चरुवा, रवाफ एकाएक सिद्धिन्छ तर सिद्धिदैन उनीहरुको मानसिक रवाफ । यही सामाजिक अन्तरद्वन्द्वलाई ब्यबहारमा उतार्न खोजेको छ नाटक 'माउजंग बाबु साहेबको कोट' ले ।
"मान्छेको मानसिकता उसको विरासतको इतिहास, आफ्नो वर्तमान र उसको सेरोफेरोले उसलाई गर्ने ब्यबहारले तय हुन्छ । उसले समाज समक्ष प्रस्तुत गर्ने ब्यबहार यी तिन चिजको समिश्रण बाट तय हुन्छ । यो एउटा चेन जस्तै हो । जब यो बिचमा कुनै खराबी आउँछ यो फंक्सनलेस बन्न पुग्दछ ।"
सत्ताको स्थानान्तरण त हुन पुग्छ तर संस्कार भने उनीहरुसंगै रहन्छ । उनीहरुले आफ्नो संस्कार न छोड्न सक्छन न त आजको समाजले उनीहरुको हिजोको संस्कार मान्न नै तयार हुन्छ । हिजो निम्तोका चाङ्ग हुने हवेलिमा आज निम्तो कुरी बस्नु पर्ने, यदाकदा आएका निम्तोहरुमा सांस्कारिक अनमेल हुँदा उनीहरुको मनमा पर्ने ठेस, यस्तै अन्तर्द्वन्द्वलाई नाटकका मध्यमबाट विजय विस्फोटले देखाउन खोजेका छन् ।
कोट एक प्रतिबिम्ब
नाटकमा कोट एक प्रतिबिम्बको रुपमा प्रस्तुत गरिएको छ । त्यो बेलाको सम्भ्रान्त बर्गले मात्र लगाउन सक्ने बेलायतबाट आयातित 'बेन्सन' ब्राण्डको उक्त कोट माउजंग बाबुले बिहे, पास्नी, भोजलगायतका सामाजिक समारोहमा लगाउने गर्दथे । समाज सामु उनको स्टाटसलाई दर्शाउने 'कोट' एक बिम्ब थियो । तर बिडम्बना आज उनको हवेलिमा यस्ता सामाजिक समारोहबाट निम्तो नै आउदैन । विदेश तिरबाट श्रीमतीका लागि ल्याइदिएका महंगा महंगा सारी तथा गरगहनाहरु निम्तैको अभाबले माउजंग साहेब्नीले लगाउने अवसर नै पाउदिनन । धोबी तथा सुसारेहरुले आज उक्त कोट हिफाजतले समेत धोइदिदैनन, धोएर ठाउँमा रख्दिदैनन । माउजंग बाबु साहेबको कोट प्रतिको स्नेह भने आज पनि उस्तै छ । तर यो कुरा मान्न समाज तयार भइदिदैन । कोटका माध्यमबाट यही अन्तर्द्वन्द्वलाई नाटकले पस्कन खोजेको छ ।
पात्र माथि प्रवृति
नाटकमा बिर्तावल माउजंग बाबु साहेबको भूमिका जेबी डिसीले निभाएका छन् । एउटा सर्वश्व लुटिएको सम्भ्रान्त व्यक्तिको ठाउँमा आफुलाई प्रस्तुत गर्न निश्चय पनि सजिलो छैन नै । नाटकका मूल पात्र डिसीले उक्त पात्रलाई भरपुर न्याय गरेका छन् । उनले आफुलाई सत्ता र शक्तिको ह्याङ्गओभरलाई बदलिएको समाजको बिचमा जसरी चपाएर प्रस्तुत गर्नु पर्ने हो त्यसरी नै प्रस्तुत गरेका छन् । त्यस्तै, पात्रहरु ; रोहानी लामा, कोपिला थापा, तुलसा पहाडी, अनिता थापा, रोहित खत्री, दिलिप खड्का, किरण चापागाईं, बालकृष्ण रिजाल लगायतले उनको अभियानमा मजाले साथ दिएका छन् । कक्षा १० को पाठ्यक्रममा समावेश भवानी भिक्षुद्वारा लिखित उक्त कथाको नाट्य रुपान्तरण तथा निर्देशन विजय विस्फोटले गरेका हुन् । यही भदौ २४ देखि राष्ट्रिय नाचघर जमलमा चलिरहेको नाटक असोज ५ गतेसम्म चल्नेछ ।
नाटकमा बिम्बको प्रयोग
नाटकका निर्देशक विजय विस्फोटले रंगमंचमा विभिन्न खाले बिम्बहरुको समेत प्रयोग गरेका छन् । स्टेजमा प्रयोग गरिएको प्रस्ट अनुहार नदेखिने ऐना, निरस ब्याकग्राउण्ड म्युजिक, ब्ल्याक एण्ड व्हाइट तस्बिर एबम जीकज्याक बाटोले त्यो बेलाको राणाकालिन संकटलाई दर्साउँछ ।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...