संविधानको बिरोध : असोज ३ गते राजपाको कुन नेताले कहाँ संबोधन गर्दैछन ?

2018-09-14

काठमाडाैं - राष्ट्रिय जनता पार्टी नेपाल संविधानको विरोध गर्ने तयारीमा जुटेको छ। बिहीबार बसेको राजपा अध्यक्षमण्डल बैठकले संविधान जारी भएको दिन असोज ३ गतेमा पार्टीले गर्ने देशव्यपी विरोधसभालाई सम्बोधन गर्न पार्टीका नेताहरूको ठाउँ तोकेको छ।

सोअनुसार, संयोजक महन्थ ठाकुरले पर्सा र बारामा, राजेन्द्र महतो र अनिल कुमार झाले प्रदेश ५ का बाँके, बर्दिया तथा प्रदेश ७ का कैलाली र कञ्चनपुरमा सम्बोधन गर्ने भएका छन्। यसैगरी महेन्द्र राय यादवले प्रदेश ५ का नवलपरासी, रूपन्देही र कपिलवस्तुमा, शरत्सिंह भण्डारीले प्रदेश १ को झापामा र राजकिशोर यादव प्रदेश १ को मोरङ र सुनसरीमा सम्बोधन गर्ने भएका छन्।

बैठकले प्रदेश २ का मन्त्री र राज्यमन्त्रीलाई पनि सम्बोधन गर्ने स्थान तोकेको छ। सोअनुसार, सप्तरीमा जितेन्द्र सोनल, सिरहामा रामनरेश राय, धनुषामा नवलकिशोर साह, महोत्तरीमा डिम्पल झा, सर्लाहीमा अभिराम शर्मा र रौतहटमा सुरेश मण्डलले सम्बोधन गर्ने भएका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ