इंग्ल्याण्डसँग भारत पराजित

2018-09-12

एजेन्सी - भारतविरुद्धको पाँचौ टेस्ट पनि १ सय १८ रनले जित्दै इंग्ल्याण्डले ४–१ ले सिरिज आफ्नो पक्षमा पारेको छ ।

पाँचौ टेस्टको अन्तिम खेल अगाडि नै सिरीज कब्जा गरेको इंग्ल्याण्डले अन्तिम टेस्ट पनि आफ्नो नाममा पार्न सफल भयो । ४ सय ६४ रनको विशाल लक्ष्य पछ्याएको भारतका लागि लोकेश राहुल र ऋषभ पन्तले संघर्ष गरे पनि उनीहरु आउट भएलगत्तै भारतको ब्याटिङ अर्डर ध्वस्त भएको थियो ।

ओपनर आएका लोकशले १४९ तथा ऋषभले ११४ रन बनाउँदै भारतलाई कम्तिमा बराबरी गराउने अपेक्षा गरिएको थियो । तर इंग्ल्याण्डका अदिल रसिदले राहुल र पन्तलाई आउट गरेपछि भारतको पारी कमजोर भएको थियो । यसैगरी भारतका अजिंका रहेणेले ३७ तथा रविन्द्र जडेजाले १३ रन जोड्नु बाहेक अरुले दोहोरो अंकको रन बनाउनै सकेनन् ।

कप्तान विराट कोहली, हनुमान विहारी, चेतेश्वर पुजारा, मोहम्मद सामी सून्य रनमा आउट हुँदा शिखर धवनले १ रन जोडे भने इशान्त शर्माले पाँच रन बनाएका थिए । इंग्ल्याण्डका जेम्स एन्डरसनले ३ तथा अदिल रसिद र साम कुरानले दुई दुई विकेट लिए ।

पाँचौ टेस्टमा इंग्ल्याण्डले टस जिति पहिला ब्याटिङ गर्दै ३३२ रन बनाएको थियो । भारतले पहिलो पारीमा २९२ रन बनाए पछि ४० रनले पछि परेको भारतलाई इंग्ल्याण्डले दोस्रो पारीमा ४२३ रन बनाएर इनिङ समाप्त भएको घोषणा गरेको थियो ।

त्यसपछि ४६४ रन पछ्याउन मैदान आएको भारत कुनै पनि बेला इंग्ल्याण्डमाथि हावी हुन सकेन । यो टेस्टसँगै इंग्ल्याण्डका एलेस्टर कुकले अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि सन्यास लिएका छन् । उनले अन्तिम टेस्टमा पनि शतक बनाएर कीर्तिमान समेत राख्न सफल भएका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ