हाम्रो नेपाल : भैसी कपाल

2018-09-09

हाम्रो नेपाल भैसीको कपाल मेरो बुबाले सधै भन्नुहुन्थ्यो । भैसीलाई आन्तरिक पिडा भएर जती रोए पनि भैसी मारेर मासु बेच्नेलाइ भित्र मनमा दयाको भावना जागृत हुदैन । शेरको अगाडि मृगको केहि सीप नलागेर नै मृग शेरको पञ्जामा परे पछि आत्मा स्विकार गर्न बाध्य हुन्छ । यो नीति-रिती जस्तै छ निर्धोको अगाडि बलियोको अधिकार आफसे आफ चलिरहने ।

दैवको अगाडि प्राणीको हैकम जसरी चल्दैन । ठुला राष्ट्रले पनि सानो राष्ट्रलाई चेपुवामा पारि आफ्नो हैकम चलाई राखेका छन । 'जे भएपनी हुने हारलाई दैवले टार्दैन' भन्ने सिद्धान्त लागु भईराखेका छन । हाम्रा फुलवारीको रखवारी गर्ने मालीले बोल्न नसक्दा फुल टिपेर लाने स्वभाविकै हो । फुलवारीको सौन्दर्य हराउने भो फूलवारीको मालीले पनि बोल्यो की पोल्यो भएर मालीले चुप लाग्नु नै कल्याण ठान्यो । देशवासीले चुने पनि छिमेकी आर्शीवादबाट पाउने मालीले औला ठड्याउने वित्तिकै आर्शीवाद पनि अभिशापमा परिणत हुन्छ । करबाट पाउने वरदान चुकी जाने भय छ ,आजको सन्दर्भमा करको केही भर छैन जे मा पनि कर जनतालाई त्यसैमा डर भई राखेको छ । त्यसैले हाम्रो नेपाल भैसीको कपाल भनेर मेरो बुबाले भन्नु भएको हुनु पर्छ ।

अहिले यहाँ शहरको भिडमा पनि जंगलमा हुने मगंल हुनेरहेछ । विश्वासको आत्महत्याले गर्दा अविश्वास पलाएको छ शिवशर्मा ब्राह्मणको छलले गोमा ब्राह्मणीलाई विधवा पारेर नवराजलाई राज्य नदिई खाडी क्षेत्रमा हुत्याएको छ । यो दुर्दशा दुर्गम क्षेत्रका जनताले याचना गरिरहेका छन । नगरपालिका भित्र पनि सडक मिचेर घर बनाउने घरको आगन बढाउनेको कमी छैन । यस्तो बवालै स्वार्थ भएपनि पुर्खाले बिश्वको इतिहासमा चढाएको बिर नेपाली थाँती राखी नि: साहस भएर देशको सिमाना दान दिन सकेको छ । यस्ता विवेकहीन निरुत्साहित संग ढुङ्गालाई निचोरेर दुध नआउने हुनाले उनीहरुसंग आशा गर्नु भनेको सलाई हातमा लिएर आगो खोज्नु जस्तै हो । त्यसैले युध्दको आगो युध्दले निभाएर ल्याएको गणतन्त्र शोकतन्त्र भएछ । आँशुको तेल भएर झुपडि सल्केको छ हाड र छालाले पिंजडामा थुनेको जीवन महंगीको भेलमा मृत्यू पौडिदै छ । त्यसैले मेरो बुबाले भन्नु हुन्थ्यो हाम्रो नेपाल भैसीको कपाल ।

समाज मुमा बुबा भन्न छोडेर डयाडी ममी भन्नमा प्रवेश गरेको छ, डयाडी ममी भन्नेले बृद्ध आमा बुबालाई भुलेको छ । सबलाई सबथोक चाहेको छ, जवाना दिवानाको हो । बाँच्नको लागि पैसा हो यहाँ पैसाकै लागि मरिमेटिरहेछ यो अज्ञान हो फेदबाट शिखरमा पुगी फेरि फेदमा पुगेको लक्षण हो । यो अती भएर घटी भएको नतिजा हो । यहाँ जे जती उपकरण साधन उपलब्ध छ त्यो सबलाइ चाहिएको छ । त्यो साधन उपलब्धीको लागि मानिस नाजायज काम गर्न पछि परेका छैन । आज यो समाजमा सिमाना नाघेर कानुन सके मिच्न नसके कानुनको आँखा छल्न जो कोहि पनि लागि परेका छन । जसरी उड्ने चरालाई बाटो चाहिदैन सत्तामा बस्नेलाई जे गर्न पनि बाधक छैन । त्यसैले तस्करी बढेकै छ, अनुशासन भत्केको छ । भागबण्डा पुगेकै छ, कर बढेकै छ, यो जनताको बुलन्द आवाजबाट सरकार परिवर्तनको परिणाम हो । आज हामीले छानेको प्रतिनीधिहरुलाई नमस्ते गरेर महंगो गाडि चढ भनि पठाएको जस्तै भइरहेछ । यो गणतन्त्र मनपरितन्त्र हुनाले विवेक निशाफ विलाउदै गएको छ ।

२०७२ सालको भुकम्पमा पिडीतलाई आएको सहयोगी दिनु पर्नेलाई नदिई नदिनु पर्नेलाई दिनु सहि मुल्याङ्कन नहुनु हो । कतीपय भुकम्प पिडीत पालको छत च्यातेर आकाशमा बादल हेरेर चिन्ता लिनुपरेको छ । पानीको सत्ता आँशुले मुहार धोएर गुजरा चलाई राखेका छन । बास्तविक पिडीतको हातमा सहयोग नपुगी सहयोग फर्कनु भनेको आएको रकम खोलामा बगाउनु हो । हात्तीको खाने दाँत र देखाउने दाँत बेग्लै भने जस्तै । प्रधानमन्त्री कोषमा रकम राखेर समाचारमा खिचाएर प्रधानमन्त्रिसंग अन्य कामको प्रयोजन गरेझैँ लाग्छ । भित्र कोमल हृदयबाट माया दयाको सागर सच्चा भावना उब्जेको भए दिन दुःखीलाई सेवा गर्न कसैलाई कही रोकतोक छैन । जसरी खाने मान्छेलाई जुंगाले छेक्दैन, भनेझैँ दुर्गम क्षेत्रमा गई रोगले पिडित ब्यक्तिलाई उपचार गरिदिन सक्थे । त्यस्तो ब्यक्ति गरिब दुःखीको आँसुको रुमाल बनेको हुन्छ । त्यो पिडीतले आशीष दिन्थे शुभकामना दिन्थे । त्यो ब्यक्ति पिडित हुनेको ईश्वर हुन्थे अर्थात गाँउ घर विकट ठाउँमा धारा पुल बनाई सहयोग गरेको भए त्यो गाँउको मान्छेले पुजा गर्थे । त्यो सहयोगी पवित्र हात हुने ब्यक्ति सौभाग्यशाली मान्नु पर्छ । सेवाको भावना लोप भएपनि देखावटी सेवा चम्केको छ गैरसरकारी संस्था तुल टाँगेर झुण्ड्याउनलाई मात्र भई राखेका छन । बिचल्लीमा परेका गरिबीले छट्रपटिएका उपचार गर्न नसक्नेहरुले कस्को आशय लिने ? दिन दुःखीलाई सेवाको भावनाबाट स्थापना गरेको संघ संंस्था देखेको त छैन सुनेको पनि छैन । मन्दिरमा तातीमा लागेका भक्तहरुमा पनि धर्मको चेष्ठा देखिदैन ।

मानिसमा पहिला सेवाको भावना जाग्नु पर्छ । दिनको एउटा पबित्र काम गर्छु नसके हप्ताको एउटा त्यसमा पनि नस्के महिनाको एउटा कुनै राम्रो काम गर्छु । अर्थात कुनै अशाहयलाई सक्ने सेवा गर्छु, यो पनि नस्के कुनै गलत काम गर्दिन्न भन्ने भावना जाग्नु पर्छ । यसरी चरित्र सुधारेर निष्काम भावले संघ संस्थामा लाग्नुपर्छ । संघ संस्थामा पनि पद र नामको लागि देखावटी काम गर्ने सेवाको भावना सुन्य खराब मान्छे संग पर बसी पबित्र भावना लिएर प्रशन्न भई आनन्द लिने गर्नु पर्दछ । आजको सन्दर्भमा खराब काम गर्दै जाने अनि बाहिर इमानदारी बन्न खोज्नेको सफलताले देश ओरालो लागेको छ । यो जनप्रतिनिधी कमाल छ ,जनप्रतिनीधिहरुले पानीमा हिडेर पनि सुक्खा देखाउन सकेका छन् । त्यसैले मेरो बाबाले भन्दै हिड्र्नु हुन्थ्यो, बाबालाई चिन्ने सबैलाई थाहा छ । बल्ल पो मलाई रहस्य थाहा भो हाम्रो नेपाल भैसीको कपाल ।

 

लेखक : अशोक शोकी (बुवाको मुख हेर्ने दिनको अवसरमा बुवाको सम्झनामा लेखिएको लेख)

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ